Logo

ला लिगा : बार्सिलोनाको शानदार जित



काठमाडौँ, १४ वैशाख । बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम रहेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले, एण्ड्रे गोमोज र पाको अलकेसरले दुई दुई तथा मास्चेरानोले एक गोल गरे । ओसासुनाका लागि टोर्रेसले एक गोल फर्काए । १२ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।

३० औं मिनेटमा गोमेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो । ४८ औं मिनेटमा टोरेसले ओसासुनाका लागि एक गोल फर्काए । ५७ औं मिनेटमा गोमेज तथा ६१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ४–१ मा पुग्यो ।

६४ औं मिनेटमा अलकेसर तथा ६७ औं मिनेटमा पाएको पेनाल्टीमा मास्चेरानोले गोल गरेपछि बार्सिलोनाले ६–१ अग्रता लियो । ८६ औं मिनेटमा अलकेसरले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ७–१ ले विजयी भयो ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३४ खेलबाट ७८ अंक भएको छ । समान ७८ अंक नै भएको दोस्रो स्थानको रियल मड्रिडले एक खेल कम खेलेको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्