Logo

स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पु¥याउन माग



काठमाडौँ, १४ वैशाख । अन्तर पार्टी महिला सञ्जालले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व पचास प्रतिशत पु¥याउन माग गरेको छ ।

सञ्जालले बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्जालकी अध्यक्ष रेणुकुमारी यादवले देशमा विभिन्न समयमा भएका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका महिलालाई समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि भएपनि ५० प्रतिशत पु¥याउनुपर्ने बताईन ।

उनले भनिन, “संविधानमा स्थानीय तहमा ५० प्रतिशत, प्रादेशिक तहमा ४० र सङ्घीय तहमा ३३ प्रतिशत प्रतिनिधित्व हुने भनेपनि निर्वाचनमा दुई पार्टी मिल्दा दुवै पार्टीले उम्मेद्वार पुरुष उठाउँदा महिलाहरुको सिट नपुग्ने हो की भन्ने चिन्ता बढेको छ ।”

अध्यक्ष यादवले देशको नीति, निर्णय गर्ने ठाँउमा महिलालाई समावेश गर्न माग समेत गरिन ।

सञ्जालकी महासचिव यशोधा सुवेदीले दलित महिला नभएको ठाँउमा अरु महिलालाई उठाउन समेत आग्रह गरेको छ । उनले निर्वाचनमा अनिवर्या रुपमा दलित महिलाहरुलाई पनि उम्मेद्धवार बन्ने व्यवस्था गरेपनि दलित नभएको ठाउँमा अरु महिलाहरुले पनि उम्मेद्धवारी दिन पाउनुपर्ने माँग गरिन् ।

सञ्जालद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,,‘निर्वाचन कार्यतालिका अनुसार निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुका बीचमा तालमेलका लागि घनिभूत ढंगले छलफल वार्ता चलिरहेका छन् भने आफ्नो तर्फबाट उम्मेद्धवारी घोषणाको क्रम पनि जारी छ, यसको प्रारम्भिक अवस्थालाई हेर्दा दलहरुले आ–आफ्नो तर्फबाट मात्र उम्मेद्धवारी दिँदा महिलालाई दोस्रो पद उपाध्यक्ष वा उप–प्रमुखमा मात्र सिमित गर्ने तथा तालमेल गरिएमा दलले अध्यक्ष उपाध्यक्ष वा प्रमुख उपप्रमुख मध्ये एक एक पदमा उम्मेद्धवारी दिँदा ऐनको प्रतिबन्धात्मक वाक्यमा टेकेर महिलाको उम्मेदवारी नै नदिने अवस्था समेत देखिएको छ। यो स्थितिको अन्त्य हुनुपर्छ ।’

महिलाहरुको हकअधिकारको लागि लड्दै आएको सञ्जालमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर १० राजनीतिक दल आवद्ध छन् ।



प्रतिक्रिया दिनुहोस्