Logo

बिपिनको सम्पादनमा चलचित्र ‘शरदका पातहरु’



काठमाडौं, १४ बैशाख । नेपाली चलचित्रहरु दिनप्रति दिन बजारमा आफ्नो अस्तित्व जमाउने क्रममा छन् ।  यसैको क्रममा बिरेन्द्र भाट बिपिनको छायाङ्कन र सम्पादनमा चलचित्र ‘शरदका पातहरु’ निमार्ण हुने भएको छ । केही समय अघि मात्रै उक्त चलचित्रको शुभमुर्हतम भयो ।

बरिष्ठ कलाकार मोहन निरौला प्रमुख अतिथी रहेको कार्यक्रममा कलाकार सुभास मेचे र श्रेया दुलालले चलचित्रको एक सम्बाद बोल्दै मुर्हत सट दिएका थिए ।
सामाजिक बिषय र प्रेमकथामा निर्माण हुन लागेको चलचित्रको कथा टिएन भण्डारीले तयार गरेका हुन् । चलचित्रमा सुभास र श्रेयाको अलवा अजित राइ, मनिषा श्रेष्ठ, सुवास गजुरेल, बमिता जिएम, श्यामकुमार राई लगायतको अभिनय रहनेछ ।

एभरेष्ट कल्चर मिडिया एकेडेमीको प्रस्तुति रहेको चलचित्र सागर दराइले निर्माण गर्न लागेका हुन् भने सह निर्माता मोहन राई ‘बृहस्पतथी ’र अनिता देवि तामाङ रहेका छन् ।

कुमार श्रेष्ठको द्धन्द्ध रहने चलचित्रमा प्रकाश दुमी राइको गीत ,राज्य राई देमिनको संगीत र छायांकनर सम्पादन बिरेन्द्र भाट बिपिनको रहनेछ । ओमन रानाको नृत्य निर्देशन रहने चलचित्र बैशाख १४ गतेबाट फ्लोरमा जाँदैछ । चलचित्र राजधानि बाहिर पुर्वको धरान, धनकुटा र भेडटारमा छायाँकन गरिने निर्माण पक्षले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्