Logo

ओलीको साथ छोडेर परिवार दलका अध्यक्ष प्रचण्डतिर



काठमाडौं, १४ बैशाख । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको विपक्षी ९ दलीय गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

बिहीबार एमाले संसदीय दलको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपक्षी गठबन्धनको बैठक छोडेर अध्यक्ष ढकाल सत्तारुढ गठबन्धनतिर जोडिएका छन् । बालुवाटार निकट उच्च स्रोतका अनुसार परिवार दलले अहिले संसदमा दर्ता रहेको संशोधन प्रस्तावलाई पारित गराउने भित्री तयारी गरिसकेको छ । यही उद्देश्यले अध्यक्ष ढकालले विपक्षी गठबन्धन त्यागेर सत्तारुढ गठबन्धनमा जोडिने निर्णय गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्