Logo

यसरी पुर्याउँदैछन प्रचण्डले संविधान संशोधनमा दुई तिहाई !



काठमाडौं, १४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयकलाई दुई तिहाईले पारित गर्नेगरि आन्तरिक तयारी थालेका छन् ।

सरकारले मधेशी मोर्चासम्मिलित संघीय गठबन्धनको माँग पूरा गर्नको लागि परिमार्जनसहितको नयाँ संशोधन विद्येयक व्यवस्थापिका–संसदमा दर्ता गराएर सैद्धान्तिक छलफलमा अघि बढाएको छ । तर, यो संशोधन प्रस्तावलाई कुनैपनि हालतमा पारित गर्न नदिने निर्णय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी गठबन्धनले गरिसकेको छ ।

विपक्षी गठबन्धनको यस्तो निर्णयको बावजुदपनि सरकारले उक्त विद्येयकलाई दुई तिहाईबाट पारित गराउने रणनीति लिएको छ । वर्तमान संसदको अकं गणित हेर्दा, सत्तारुढ दलसँग अझैपनि दुई तिहाईको संख्या देखिँदैन् । तर पनि प्रधानमन्त्री दाहाल जसरीपनि दुई तिहाई पुर्याउने रणनीतिका साथ विपक्षी गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग आन्तरिक परामर्शमा जुटिसकेका छन् । प्रधानमन्त्री दाहालले यो वीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै मधेशवाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगपनि परामर्श गरिरहेका छन् ।

स्रोतका अनुसार उनले एमालेभित्र माधव नेपाल निकट सांसदहरुलाई संशोधन प्रस्तावको पक्षमा ल्याउनेगरि छलफललाई तिव्रता दिएका छन् । त्यस्तै उनको भित्री तयारी सिपी मैनाली नेतृत्वको नेकपा मालेबाट पनि दुई सांसद प्रस्तावको पक्षमा तान्ने रहेको छ । त्यस्तै, नेपाल परिवार दललाई पनि विश्वासमा लिने करिब करिब सहमति भैसकेको छ ।

उनलाई अहिले संशोधन प्रस्ताव पारित गराउन जम्मा ४ संख्या अपुग भएको छ । त्यसैले उनी यतिवेला विपक्षी गठबन्धनलाई पनि विभाजित गर्ने मनस्थितिमा छन्। आजमात्रै उनले परिवार दलका अध्यक्ष ढकाललाई बोलाएर यसबारेमा गम्भिर परामर्श गरिसकेका छन् ।

उनलाई अब बन्ने काँग्रे सभापति शेरबहादुर द्ेउवा नेतृत्वको सरकारमा मन्त्री बनाउने करिब–करिब पक्का भएको छ । अहिले संशोधन प्रस्तावको पक्षमा काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय गठबन्धन, विजय गच्छदारको फोरम लोकतान्त्रिक र अन्य साना दलहरुपनि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्