Logo

प्रधानमन्त्रीका सल्लाहकार खनाल नयाँ दिल्लीमा भेटवार्तामा व्यस्त



काठमाडौं, १४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेव यतिवेला भारतस्थित् नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

प्रधानमन्त्री दाहालका सल्लाहकार चार दिनदेखि भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्तामा व्यस्त रहेको खुल्न आएको छ । नेपालमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको अवस्थामा सल्लाहकार खनाल भारत जानुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनले यतिवेला भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेपाल मामिलाका जानकारहरुसँग भेटवार्ता गरेको स्रोतले जानकारी दियो । यता प्रधानमन्त्री दाहालसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हालै टेलिफोनवार्ता गरेर नेपालमा हुन गैरहेको स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक परिस्थिति अवस्थाबारे जानकारी लिनुको साथै भारतको निर्वाचनमा पूर्ण साथ र सहयोग रहेको प्रतिबद्धता जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्