Logo

गोरखामा बाबुरामको साख ज्ञानेन्द्रले जोगाउन ?



काठमाडौं, १४ बैशाख । स्थानीय तहको निर्वाचनमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले पनि सहभागी जनाउने भएको छ । नयाँ शक्तिले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह लिएर देशैभरि अर्थात ७४४ वटै युनिटमा उम्मेद्धवारी दिने निर्णय गरिसकेको छ ।

स्थानीय तहको निर्वाचनले गोरखा जिल्लामा पनि त्यतिकै छोएको छ । गोरखा बाबुरामको गृहजिल्ला भएकोले पनि होला, यहाँ उनले आफ्नो गौरव र साख छोड्नको लागि कुनै कसर बाँकी राखेका छैनन् । यसको साथै उनले यहाँ सबैभन्दा लोकप्रिय र जनताको मनमा बस्न सफल युवा नेता एवम् पूर्वसभासद समेत रहेका ज्ञानेन्द्र कुमालमाथि ठूलो विश्वास लिएका छन् । उनले गोरखा नगरपालिकाको मेयरमा कुमाललाई नै उठाउने निश्चित गरिसकेको उनी निकट स्रोतले दाबी गरेको छ । पछिल्लो समय कुमाल गोरखामै भिजेर बसेका छन् ।

गोरखा नगरपालिकामा नयाँ शक्तिको प्रतिष्पर्धा सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग हुनेछ । माओवादीले बिहीबार गोरखा नगरपालिकाको मेयरको उम्मेदवार पनि तय गरेको छ । मेयरमा कृष्ण रानाको नाम पक्कापक्की भएको छ । तर, उपमेयरमा कञ्चन कुमाल र राममाया श्रेष्ठको नाम चर्चामा आएपनि निर्णय भइनसकेको माओवादी स्रोतले जनाएको छ ।

को हुन कुमाल ?
सन् १९८० मा गोरखामा जन्मिएका कुमालले वि.स. २०५४ सालमा पश्चिमाञ्चल क्याम्पस ९त्रिभुवन विश्वविद्यालयबाट मेकानिकल ईन्जिनियरको अध्ययन सुरु गरेका हुन् । उनले ०५१ सालमै स्वतन्त्र विद्यार्थी युनियन९क्रान्तिकारी०को सदस्यता लिईसकेका थिए । पोखराको पिएन क्याम्पसमा उनले स्ववियुको कोषाध्यक्ष भएर समेत काम गरिसकेका छन् । माओवादी जनयुद्धमा उनी ०५६ देखि २०६३ सम्म भुमिगत भएका थिए । जनयुद्धमा उनले आफ्नी धर्मपत्नी यशोदा बस्नेतलाई समेत गुमाए ।

पछि माओवादी खुल्ला राजनीतिमा आईसकेपछि उनी पहिलो संविभासभाको चुनावमा सभासदमा विजयी भएका थिए । उनले संसदको विकास समितिमा रहेर समेत काम गरेका छन् ।

बाबुरामले तत्कालिन एमाओवादी छोडेर नयाँ शक्ति गठन गर्दादेखि नै उनीपनि यो अभियानमा सँगै जोडिएका छन् । अहिले उनले गोरखा जिल्ला छोडेकै छैनन् । गोरखा उनी विकासप्रेमी युवा नेताका रुपमा परिचित छन् । त्यसैले पनि उनी गोरखा नगरपालिकाको मेयरका लागि सम्भावित उम्मेद्धवार हुन् । उनले त्यहाँ चुनाव जित्ने प्रशस्त संभावनाहरु रहेको समेत स्थानीय बुद्धिजिबीहरुको विश्वास छ । ज्ञानेन्द्रले डेभलपमेन्टमा स्नातकोत्तर गरेका छन् । बाबुराम अर्थमन्त्री हुँदा र पछि प्रधानमन्त्री हुँदापनि उनले नजिक रहेर काम गरेका छन् । उनले त्यतिवेला पनि गोरखाको विकासको लागि ठूलो योगदान पुर्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्