Logo

एमाले विना संविधान संसोधनमा दुई तिहाई पुग्ने



काठमाडौं १५ बेशाख । एमाले विना संविधान संसोधनमा दुई तिहाई पुग्ने सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । नेकपा एमालेले साथ नदिएपनि सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा दुईतिाई जुट्ने भएको छ । सरकारले मधेसी मोर्चामा रहेका दल, फोरम लोकतान्त्रिक, राप्रपासहितको छलफलमा बाट दुईतिहाई पुग्ने निस्कर्ष सहित एमालेलाई छलफल नगरि प्रस्ताव अघि बढाएको खुलासा भएको छ ।

सत्तासिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, तराई मधेसका दल र राप्रपासहित जोड्दा दुई तिहाई पुग्ने सरकारले हिसाव निकालेको छ । संविधान संशोधन विधेयक पारित हुन दुई तिहाई मत आवश्यक पर्छ । कांग्रेससँग २०४ र माओवादीसँग ८२ सांसद छन् । फोरम नेपाल, तमलोपा, सद्भावना, तमसपा, नेकपा संयुक्त, रामसपा, थरुहट लगायत साना दलको मत पनि सरकारकै पक्षमा छन् ।

राप्रपाको ३७, फोरम लोकतान्त्रिकको १४ सिट जोड्न ३८९ मत पुग्छ । दा सांसद संख्या जोड्दा सरकारसँग ३७५ मत पुग्छ । दुई तिहाईको लागि ३९८ मत आवश्यक पर्छ । हाल संसदमा कुल ५ सय ९६ सांसद छन् ।

संसदमा एमालेसँग १८२, मालेसँग ५, नेमिकपासँग ४ र राष्ट्रिय जनमोर्चासँग ३ सांसद छन् । कुल जोड्दा १ सय ९४ पुग्दछ । यसबाहेकका अन्य सबै दलहरु सरकारको पक्षमा रहेको सरकारी पक्षको दावी छ । नखुलेका दललाई देउवाको प्रधानमन्त्रीत्वमा सरकार लैजाने आश्वासन दिइसकेको स्रोतको दावी छ ।



प्रतिक्रिया दिनुहोस्