Logo

जेठको पहिलो हप्ता सत्ता कांग्रेसलाई हस्तान्त्रण हुने



काठमाडौं १५ बैशाख । माओवादी केन्द्रले जेठको पहिलो हप्ता भित्रमा सत्ता हस्तान्त्रण गर्ने तयारी गरेको छ । माओवादी केन्द्रका नेता बर्षमान पुनले बैशाख ३१ गते स्थानीय तहको चुनाव भए लगत्तै पूर्वसहमति अनुसार सत्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्त्रण गर्ने बताएका छन् ।

उनले यसअघि आफ्नो पार्टीको नेतृत्वको सरकार गठनका क्रममा भएको सहमति अनुसार दायाँबायाँ नगरी देउवालाई सत्ता सुम्पनी बताएका हुन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै उनले जेठको पहिलोे हप्ताभित्र हस्तान्त्रण हस्तान्त्रण हुने र सत्ता गठबन्धन कायम रहने बताए ।

उनले जेठ पहिलो हप्तानै कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने र उनले प्रदेश र केन्द्रको चुनाव सम्पन्न गराउने बताए । वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति काँग्रेसकै समझदारीमा आएको हो । कांग्रेस र माओवादी केन्द्रबीच दाहाल प्रधानमन्त्री हुदा चैत मसान्तसम्म स्थानीय तहको चुनाव सम्पन्न गरी प्रधानमन्त्रीमा देउवालाई स्थानान्त्रण गर्ने लिखित सहमति भएको थियो । संविधान संसोधन प्रस्ताव पारित गराउन दुईतिहाई पुग्ने र स्थानिय तहको संख्या पनि थपिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्