Logo

सर्वदलीय बैठक बस्दै 



काठमाडौँ, १५ वैशाख । संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सर्वदलीय बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्