Logo

संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ : बडाल



काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केशब बडालले संसदको प्रक्रियामा रहेको संशोधन विद्येयक तुरुन्त फिर्ता लिनुपर्ने माँग गरेका छन् । उनले अहिलेको संशोधन प्रस्तावले जनताको अधिकारलाई कटौति गरेको र जनता जनतावीच फाटो ल्याउने दाबी गर्दै उक्त प्रस्तावलाई यथाशिघ्र फिर्ता लिनुपर्ने माँग गरेका हुन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले आफ्नो पार्टीलाई तराईको हितमा छैन भनेर गलत रुपमा प्रचार गर्ने प्रायास गरिएको बताउँदै भने,‘त्यस्तो कार्य तुरुन्त रोक्नुपर्छ, एमाले सबैको पार्टी हो, तराईको पनि हो, पहाडको पनि हो, हिमालको पनि हो, हाम्रो पार्टी सबै जातजातीहरुको पार्टी हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले एमालेले मधेशी जनताको अधिकारको लागि संघर्ष गरेको समेत बताए । उनले सरकारले कानून बनाउने काम गरेको भन्दै यो आपत्तिजनक रहेको टिप्पणी गरे ।

बडालले भने,‘मन लाग्यो भने यो सरकारले धारा नै परितर्वन गरिदिन्छ, २७४ धारा खारेज गर्न खोजिरहेको छ, संसदले गर्ने काम सरकारले गरिरहेको छ, यो अलोकतान्त्रिक हो ।’ उनले उक्त संशोधन प्रस्ताव कुनै पनि हालतमा पास नहुने ठोकुवा गरे ।

त्यस्तै उनले सरकारलाई के समस्या परेर दुई चरणमा निर्वाचन गर्नुपर्ने अवस्था आएको हो ? भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘यो सरकारले बिचमा बजेट ल्याउने, क्षेत्र थप्ने जस्ता निर्वाचन आचारसंहिता बिपरित अराजनैतिक काम गरेको छ, जनताको अधिकारलाई क्षेतविच्छेद गर्ने र लोकतन्त्रलाई समाप्त पार्ने खेलमा एमाले सहभागी हँुदैन, त्यसैले यो संविधान संसोधन प्रस्ताव फिर्ता गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्