Logo

संशोधन प्रस्ताव पारित गरेर एमालेलाई चुनावमा आउन झाको चूनौति



काठमाडौं, १५ बैशाख । नवगठित राजपा नेपालका शीर्ष नेता अनिलकुमार झाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने बताएका छन् । उनले संसोधन प्रस्ताव पास नभए देश द्वन्द्वमा जाने चिन्ता व्यक्त गरे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संविधान संशोधन गरेर जनताको हकअधिकार स्थापित गर्नुपर्ने कुरामा सबै दलहरु जिम्मेवार बन्नुपर्ने बताउँदै उनले भने,‘मधेसवादी दलहरुलाइ साथमा लिएर जाने कि नजाने भन्ने कुरा हो, एमालेले के गर्न खोजेको हो ?’ जनताले इमानदार प्रतिपक्षी बन्नलाई एमालेलाई भोट हालेको भन्दै त्यसको दुरुपयोग एमालेले गर्न नहुने उनको भनाई थियो । उ

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले एमालेले आफूहरुलाई २५ वर्षदेखि ठगिरहेको आरोप लगाउँदै भने,‘अब एमालेले ठग्न सक्दैन्।’ उनले एमालेले अब ट्रिपल स्ट्याण्ड देखाउन नहुने बताए ।

त्यस्तै उनले आफूहरु १०३ बुँदा माँगबाट ३ बुँदे माँग झर्दापनि अहिलेसम्म पनि एमालेले सहयोग नगरेको भन्दै अहिलेको संशोधन प्रस्ताव पारित गराएर (हिम्मत भए) निर्वाचनमा आउन चूनौति दिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्