Logo

सर्वदलीय बैठक सुरु, ओलीद्धारा बहिष्कार



काठमाडौं, १५ बैशाख । संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई बैठकमा आमन्त्रण गरिएको भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित छैनन् ।

अन्य दलहरुबाट भने सबै अध्यक्षहरुको उपस्थिति रहेको छ । एमालेबाट भने संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रमुख सचेतक भानुभक्त ढकाल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्