Logo

स्थानीयवासी दुई हप्तादेखि अन्धकारमा



पाँचथर, १५ वैशाख । फिदिम नगरपालिका– १२ नागिनमा गत दुई हप्तादेखि बिजुली–बत्ती अवरुद्ध भएका कारण त्यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

नागिनमा रहेको बिजुलीको टान्र्समिटर जलेपछी वडा नम्बर– १२ का करिब एक सय ५० भन्दा बढी घरका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् ।
सो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि घरमा इनर्जी मिटर नदिएका कारण एउटा ठूलो पावरको मिटर मार्फत धेरै घरमा बिजुली बाल्दा टान्समिटर नै जलेको हुनसक्ने उपभोक्ताको अनुमान छ ।

सो टान्र्समिटर बनाएर ल्याउन समय लाग्ने भएकाले अझै केही दिन कुर्नुपर्ने प्राधिकरणले जनाएको छ । उपभोक्ताले फिदिम विद्युत् सहकारीको बेवास्ताका कारण अन्धकारमा बस्न बाध्य हुनुपरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यता तीन दिनदेखि गएको बिजुली अहिलेसम्म पनि नआएका कारण फिदिम ७ र ८ रानिटारका १३ घरपरिबार अन्धकारमा रात बिताउनु परेको स्थानीयवासी राम बास्कोटाले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्