Logo

टेन्सबर्ग र तेजिला तेजेन्द्र



प्रस्तुति : ऋषि धमला : नेपाली समाजमा प्रचलनजस्तै बनेको छ– पाहुनालाई चिया, चिसो वा चुरोटको माध्यमबाट पहिलो स्वागत गर्ने । अझ कतिपय स्थानमा त मद्यपान त्यसमा पनि बियरमार्फत सम्मान गर्ने संस्कार सामान्य भइसकेको छ ।

चुरोट–रक्सी भन्नासाथ कसैले तिरस्कार गर्छन् तर यिनै चीजले नेपालको राजस्व वृद्धिमा महत्वपूर्ण टेवा पु¥याएका छन् । राज्यले बेलाबखत सुर्ती र मदिराजन्य पदार्थको निषेधमा बाहिरी रूपमा जति फलाकिए पनि सेवन गर्नेको संख्या घटेको छैन । अझ कतिपय स्वदेशी–विदेशी नागरिकको हकमा त यी आपसमा पर्याय नै बनेका छन् । र त नेपालमा हाल चालू रहेका बियरमा ८० प्रतिशत शेयर विदेशी ब्राण्डको छ ।

यसबाट प्रतिवर्ष ५ अर्ब ‘रोयल्टी’ र नाफा ३ अर्ब गरी ८ अर्बभन्दा बढी अनि रक्सीबाट झन्डै १३ अर्बजति रकम विदेशीको पोल्टामा जान्छ । हो– यही पक्षलाई मध्यनजर गरेर उहाँ आफ्नै भूमिमा व्यापार–व्यवसाय गर्न विदेशबाट आउनुभएको हो । र, नेपालीको मेहनत, रगत–पसिनाबाट आर्जित रकममा किन विदेशीलाई हालीमुहाली गर्न दिने ? यस्तै राष्ट्र, राष्ट्रियता र जनताको भावनाप्रति उच्च सम्मान राख्दै उहाँले सुरु गर्नुभएको व्यवसाय छोटो अवधिमा ह्वात्तै फस्टाएको छ । पछिल्लो समयमा नेपाल, दुबई, कोरियालगायतका देशमा लोकप्रिय बन्दै गएको बियर कम्पनी ‘टाइगर्स बु्रअरीज इण्डष्ट्रिज’का प्रबन्ध निर्देशक तेजेन्द्र खड्काको व्यावसायिक सफलतको कथा हो यो ।

तेजेन्द्रको जन्म विक्रम सम्वत् २०२५ वैशाख ३० गते वाग्लुङ जिल्लाको हक्दिसिर गाउँ पञ्चायतमा नन्दलाल खड्का र पार्वतीका ५ छोरा तथा ३ छोरीमध्ये चौथो सन्तानको रूपमा भएको हो । उहाँका दिदीहरु भवानी र सरस्वती, दाइ भीमलाल, भाइहरु तोयानाथ, कमल, समित तथा बहिनी समीक्षा हुनुहुन्छ । त्यतिबेला गाउँको हुनेखाने, गण्यमान्य अनि सम्पन्न परिवारमा जन्मनुभए पनि उहाँको घर पुग्न सदरमुकामबाट पैदल करिब १ दिन लाग्थ्यो । उहाँहरुको मुख्य पेशा भनेको कृषि नै हो । खेतीपाती लगायो, वस्तुभाउ पालन ग¥यो बस् यस्तैयस्तैमा बित्थ्यो गाउँले जीवन । तेजेन्द्रको बाल्यकाल भने अलि पृथक् र संघर्षमय ढंगबाट बित्यो । त्यो समयमा घरनजिकै विद्यालय थिएन । बुबा गाउँको मुखिया हुनुहुन्थ्यो । र त विद्यालय खोल्नुपर्छ, केटाकेटीलाई पढाउनुपर्छ भनेर उहाँकै पलहमा स्कुल स्थापना गरियो ।

आफू ८÷९ वर्षको हुँदामात्रै घरबाट त्यस्तै आधा घण्टाको दूरीमा विद्यालय निर्माण गरिएको तेजेन्द्रको मानसपटलमा अझै ताजा छ । तत्कालीन श्री भृकुटी निम्न प्राथमिक विद्यालयको स्थापना भएपछि उहाँलाई त्यहीँ कक्षा १ मा भर्ना गरियो । ‘भर्ना त भइयो तर अहिलेको जस्तो भौतिक सुविधा कहाँ थियो र ?’ तेजेन्द्र आफ्नो बाल्यकाल स्मरण गर्दै भन्नुहुन्छ– ‘घरबाटै खरी–पाटी झोलामा बोकेर विद्यालय जाने÷आउने गर्नुपर्दथ्यो ।’ पढाइबाहेकको समयमा उहाँ दाजुभाइ–साथीसंगीसँग गोठालो जानुपर्दथ्यो । त्यतिबेला १२÷१४ वटा भैंसी, २०÷२२ वटा गाई अनि ८५÷९० वटा बाख्रा थिए उहाँको घरमा । तिनीहरुलाई बिहान जंगल छाड्ने र साँझ ल्याउने गर्नुपर्दथ्यो । घ्यू, बस्तुभाउ र अन्नबाली बेचबिखन नै आम्दानीको स्रोत थियो ।

उसो त ५ कक्षासम्म पढेका शिक्षक र ३ कक्षाभन्दा माथि पढाइ नहुने विद्यालय भएकाले यस्तैमा त्यहाँ तेजेन्द्रको अध्ययन सकियो । अब थप अध्ययनका लागि उहाँ भारत जानुपर्ने बाध्यता आइलाग्यो । यसो हुनुमा पनि एउटा रमाइलो कहानी छ । भएछ के त भने निकै अगाडि उहाँको बुबा नन्दलाल काठमाडौं आउनुभएको रहेछ । त्यसबखत त्रिपुरेश्वरमा एकजना महिलाले उहाँले गरेको दिसा उठाएर आलु–मूलालगायतका तरकारीबारीमा हालेको देख्नुभएछ । त्यसपछि ‘ध्त यस्तो आची खाने ठाउँमा पनि बस्छन् ?’ भनेर गाउँ फर्कनुभएछ । त्यही छाप मनस्थितिमा परिरहेकाले उहाँले तेजेन्द्रलाई काठमाडौं होइन– भारत पठाउने निधो गर्नुभएछ । जे होस्– भगवान्ले पनि ‘तँ आँट म पु¥याउँछु’ भन्छन् रे भनेजस्तै उहाँहरुको त्यो अभियानमा साथ दिनुभएछ– भर्खरै विवाहबन्धनमा बाँधिनुभएका तेजेन्द्रकी माइली दिदी सरस्वती र भिनाजु कृष्णबहादुर क्षेत्रीले । गाउँमा नै विवाह गरे पनि उहाँहरु रोजगारीको क्रममा भारतको हरियाना बस्नुहुन्थ्यो ।

कृष्णबहादुर काम गर्नुहुन्थ्यो– एटलास साइकल कम्पनीमा । हो– १३÷१४ वर्षीय ठिटो तेजेन्द्र अब भने हरियानास्थित श्री हिन्दू उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा भर्ना हुनुभयो र अध्ययन गर्न थाल्नुभयो । त्यस्तै १९ वर्षको उमेरमा २०४४ मा त्यहीँबाट एसएलसी पास गर्नुभयो उहाँले । तर, त्यो अवस्थासम्म आइपुग्न उहाँले निकै आर्थिक संकट व्यहोर्नुप¥यो । जब ११ कक्षामा भर्ना हुनुभयो– तब हरियाना प्रहरीमा भर्ना हुनुभयो । यद्यपि ६ महिनासम्मको तालिम सकेर तलब पाउने बेला भएपछि उहाँले जागिर छाड्नुभयो । किन त भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ– ‘त्यतिबेला सिपाहीको स्केल मासिक ४ सय १० रुपैयाँ थियो, यता आफ्नो साथीसंगत पैसावाल, शक्तिवाल ‘डन’ हरुसँग भयो ।’ ११ र १२ कक्षा खासै नपढी, गुण्डागर्दीकै भरमा पास भएको अनुभव उहाँको छ । त्यसपछि उहाँ सर छोटुराम इन्जिनियरिङ कलेजमा सुपरभाइजर हुनुभयो । तर, मासिक १ हजार २ सय रुपैयाँको दरले पाउने तलब–सुविधा पनि ८ महिनामा छाड्नुभयो ।
समय यसैगरी बित्दै थियो, एकदिन तेजेन्द्रलाई साथीको बुबाले ‘रक्सी बेच्ने काम गर्छौ ? भनेर सोध्नुभयो । उहाँको प्रस्ताव तेजेन्द्रले स्वीकार गर्नासाथ तत्काल काम थालियो । व्यापार फाप्यो र फस्टायो पनि उहाँलाई । यस अर्थमा त दैनिक ३÷४ हजारका दरले व्यापार हुन थाल्यो भने नाफा ५÷७ सय । अनि त ‘के खोज्छस् कानो, आँखा’ भनेझैं महिनाकै कमाइ १५÷२० हजार हुन थाल्यो । यति भएपछि अब के चाहियो र उहाँलाई ? त्यतिबेलासम्म उहाँले आफ्नो पेशागत दायरालाई फराकिलो पार्नुभएको थियो भने काकाको छोरा भगतलाई ‘सेल्सम्यान’ र दाङका गंगाराम घर्तीलाई सहयोगी तथा भान्सेको रूपमा आफैंसँग राख्नुभएको थियो ।

प्रसंग २०४६÷४७ तिरको हो । गफैगफमा गंगारामले तेजेन्द्रलाई भनेछन्– ‘दाइ तपाईं पैसा बढी खेलाउने, अनावश्यक फुर्मास गर्ने बानी र डन र हुल्याहाको संगतले बिग्रनुभयो, विवाह गर्नुहोस् अनि सबै ठीक हुन्छ ।’ आखिर वास्तविकता पनि त्यस्तै थियो । ‘उसले त आफ्नी भान्जीसँग विवाह गर्न भनेको थियो’ तेजेन्द्र विगतको त्यो क्षण सुनाउनुहुन्छ– ‘मसँग विवाह भयो भने भान्जीलाई पैसाको अभाव त नहोला तर, म रक्सीको व्यापार गर्ने, गुण्डाहरुसँगको संगत बढाएर जोखिम मोल्दै हिँडेको मान्छे जुनबेला जेकेही पनि हुन सक्छ, तिम्री भान्जी चाँडै विधवा पनि हुन सक्छे भनेर टारिदिएँ ।’ त्यो घटनाको केही समयपछि उहाँ नेपाल आउनुभयो । घरमा पनि उहाँको विवाहको सम्बन्धमा चर्चा चल्यो र विवाह पनि भयो । करिब छ महिनाको अन्तरालपछि उहाँ पुनः भारत फर्कनुभयो ।

त्यसो त वि.सं.२०४६ बाट रक्सीको व्यापार गर्न थाल्नुभएका तेजेन्द्रले २०५२ मा भारत सरकारलाई एक वर्षको १७ अर्ब रुपैयाँ राजस्व तिर्नुभयो । अनि सम्मानित पनि हुनुभयो । जतिबेला उहाँको व्यापार ७ जिल्लामा फैलिएको थियो भने एउटा जिल्लामा २ सय ५० हाराहारीमा पसल थिए । के ‘ह्वीम’ चल्यो कुन्नि २०५३ मा त्यो प्रान्तमा रक्सी बन्द भयो । अनि उहाँ चण्डीगढी आउनुभयो । त्यहाँ १ वर्ष व्यापार गर्नुभयो । त्यसको १ वर्षपछि फेरि हरियाना पुग्नुभयो । २०५६ मा ग्लालियर डिष्टिलरी प्रा.लि. को व्यापार गर्नुभयो । अनि २०५८ मा व्यापारकै क्रममा विहार आउनुभयो भने अन्ततः २०६२ मा आफ्नै देश नेपाल फर्कनुभयो । हुन पनि रक्सी व्यापारको क्रममा निकै जोखिम मोल्नुपर्दो रहेछ ।

त्यही भएर स्थान परिवर्तन गरिरहनुपर्ने त्यो क्षेत्रको सूत्र रहेको तेजेन्द्रको अनुभव छ । त्यहाँको व्यापार र राम्रो आर्थिक कमाइ छाडेर किन नेपाल आउनुभयो त भन्दा उहाँ भन्नुहुन्छ– ‘मेरा लागि सबैभन्दा ठूलो सम्पत्ति त आत्मसम्मान, आत्मसन्तुष्टि र राष्ट्रियता हो । भारत नै रहे पनि म बेलाबखत नेपाल आउँदा यहाँको व्यापार, भविष्यबारे निकै नियाल्थें ।

त्यही क्रममा विदेशीले आएर हाम्रो देशमा रजाइँ गरेको र लाभ उठाएको पाएँ । अनि म आफू नै आफ्नो ठाउँमा आएर किन व्यापार नगर्ने त भनेर यता आएको हुँ ।’ हो– यही अठोटका साथ नेपाल फर्कनुभएका तेजेन्द्रको सुरुमा विजया माल्लियासँग भेट भयो । उहाँले हेटौंडामा रहेको आफ्नो कम्पनी चलाउन उहाँलाई भन्नुभयो, तेजेन्द्रले पनि त्यसै गर्नुभयो । तर, त्यो सानो भएकाले विक्री गरेर २०६८ सालमा ठूलो लगानीमा रूपन्देहीको बुटवलमा ‘टाइगर्स बु्रअरीज इण्डष्ट्रिज’ नामक कम्पनी खोल्नुभयो । २०६९ बाट सुरु भएको सो कम्पनीबाट अहिले टाइगर, टेन्सवर्ग र लण्डनआइस बियर उत्पादन भइरहेको छ– जुन नेपालका ७५ वटै जिल्लाको अतिरिक्त दुबई र कोरियामा पनि लोकप्रिय बन्दै गएको छ ।

तेजेन्द्रको विवाह भने २०४६ साउन १ गते गुल्मीकी सुन्तलीसँग भएको हो । ‘विवाहअघि प्रेम गर्ने मौका र फुर्सद नै मिलेन त्यसैले घरपरिवारसँग सल्लाह गरेर मागीविवाह भयो’ उहाँ मुस्कुराउँदै भन्नुहुन्छ– ‘विवाह भन्ने कुरा भाग्य र संयोगको खेल रहेछ, योसँग अनि यसरी गर्छु भन्ने हुँदो रहेनछ ।’ तेजेन्द्र–सुन्तलीका २ छोरा र १ छोरी हुनुहुन्छ । २४ वर्षीय प्रेम र २० वर्षीय लक्ष्मण अमेरिकामा हुनुहुन्छ भने २२ वर्षकी छोरी ईश्वरी नेपालमा । उहाँहरु सबै अध्ययनरत हुनुहुन्छ ।

प्रस्तुति : ऋषि धमला 



प्रतिक्रिया दिनुहोस्