Logo

चुनावी घोषणापत्रबारे एमाले स्थायी समितिमा छलफल



काठमाडौ., १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणा पत्रबारे स्थायी कमिटीमा छलफल सुरु भएको छ ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा जारी छलफलमा सचिव प्रदीप ज्ञवालीले पार्टीको घोषणापत्र पढेर सुनाएका छन्। घोषणा पत्र पढ्दै ज्ञवालीले अब देशमा गरिबी र बाह्य चलखेल सहन नसकिने र मुलुकले एमालेको नेतृत्वमा छोटो समयमै आर्थिक समृद्धि हासिल गर्ने बताए।

एक दुई दिनभित्रै जारी गर्ने भनिएको उक्त घोषणापत्रमा पाँच वर्ष्भित्र गरिब राष्ट्रबाट बाहिर निस्किनेका साथै २५ वर्षमा देशलाई समुन्नत राष्ट्र बनाउने उल्लेख छ।
राष्ट्रिय हित अनुसारको क्षेत्रीय सम्बन्ध विकास गर्नेमा पनि जोड दिइएको छ।



प्रतिक्रिया दिनुहोस्