Logo

सर्बदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले राखे यस्तो प्रस्ताव..



काठमाडौं, १५ बैशाख । संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई बैठकमा आमन्त्रण गरिएको छ । बैठकमा सत्तारुढ दल राप्रपा अध्यक्ष कमल थापा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित् छैनन् ।
अन्य दलहरुबाट भने सबै अध्यक्षहरुको उपस्थिति रहेको छ । एमालेबाट भने संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रमुख सचेतक भानुभक्त ढकाल रहेका छन् ।

बैठकको प्रारम्भमा नै प्धानमन्त्री दाहालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनबारे दलहरुको धारणा माँगेका थिए । जेठ १५ बजेट ल्याउनुपर्ने भएकोले यस अघि नै चुनाव गर्नुपर्ने एमालेको माँग रहेको छ । तर सरकारले जेठ ३१ गतेलाई दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरिसकेको छ । बैठकमा एमाले नेता अग्नि खरेलले प्रधानमन्त्री सामू बजेट अघि नै दोस्रो चरणको निर्वाचन गर्नुपर्ने सुझाव राखेका थिए ।

प्रधानमन्त्री दाहालले भने संविधान संशोधन गरेर नै स्थानीय तहको निर्वाचनमा जाँदा राम्रो हुने धाराणा राखेका थिए । दाहालले बैठकमा सहभागी नेताहरुसामू बजेट १५ गर्ने ल्याउनुपर्ने संवैधानिक प्रावधान छ तर दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ गतेलाई घोषणा भैसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्दै राय माँगेका थिए ।

त्यसतै बैठकमा प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनको मतगणना त्यही दिन गर्ने वा दोस्रोत चरणको निर्वाचन सकिएपछि मात्रै गर्ने वा के गर्ने भन्नेबारे राय लिएका थिए । उनले सबै दलहरु मिलेर जानुपर्ने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्