Logo

चुनावमा सुरक्षा निकाय यसरी परिचालित हुँदैछ : लोकदर्शन रेग्मी (गृह–सचिव)



गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले स्थानीय तहको निर्वाचनको लागि सरकारले तीन वटै सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेकोले गृहमन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्न लागि परिरहेको बताएका छन् । उनले अहिले निर्वाचन अघिको सुरक्षा तयारीमा मन्त्रालय जटिसेको स्पष्ट पारे । उनका अनुसार निर्वाचनको दिनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा शसस्त्र प्रहरी र तेस्रो घेराभन्दा पर बसेर नेपाली सेनाले सुरक्षा दिईरहेको हुनेछ । मतदान गर्न आउदा र जादाको समयमा आईपर्ने असहजतालाई ध्यानमा राखेर त्यसको पनि सुरक्षा दिनेमा आफूहरु पूर्ण जिम्मेवार रहेको समेत सचिव रेग्मीले बताए । निर्वाचनको लागि सुरक्षा तयारी लगायत अन्य विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेपाली बहसका लागि सचिव रेग्मीसँग गरेको कुराकानीको सम्पादित अंश :

चुनावमा सुरक्षा निकायको मुख्य भूमिका रहन्छ ? कस्तो छ तयारी ?

गृहमन्त्रालयले आवश्यक तयार पुरा गरेको छ ।

कहाँ–कहाँ कसरी तयारी पुरा भयो ?

सबै सुरक्षा निकायलाई निर्वाचनमा तैनाथ गर्ने सरकारी निर्णयलाई हामीले कार्यन्वयन गर्नेमा लागि परेका छौँ। समग्र सुरक्षाको काममा हामी तयार छौँ ।

उसो भए सुरक्षाकर्मीहरू निर्वाचन केन्द्रमा पुगिसके ?

जाने क्रममा छन् । सुरक्षा तयारीलाई तीन भागमा बिभाजित गरेका छौँ । पूर्व तयारी, निर्वाचनको दिनको तयारी र अन्त्यमा निर्वाचन पश्चातको तयारी । यसरी तीन भागमा बिभाजन गरिएको सुरक्षा तयारीलाई अब तत्काल र्र्काानवयन गर्नेमा हामी लागेका छौँ। निर्वाचन अघिको तयारीमा हामी जुटेका छौँ । बाटोघाटो, मतपत्र, मत गणनामा सुरक्षा दिने जस्ता कुराहरू हामीले ध्यान दिएका छौँ। नेपालको सुरक्षा निकाय नेपालको राजनीतिक निर्णयलाई पालना गर्नको लागि तयार छ । सरकारका निर्णय सफल बनाउनको लागि प्रतिवद्ध छ । कटिवद्ध छ ।

निर्वाचनको मिति नजिकिदै गर्दा भयरहित तरिकाले मतदाताले निर्वाचनमा भाग लिने वातावरण बन्छ त ?

किन नबन्ने ? बन्छ । बनाउनको लागि नै हामीले सुरक्षालाई विभिन्न भागमा बिभाजन गरेर अघि बढेका छौँ। आम मतादातालाई म अश्वस्त रहनको लागि अनुरोध गर्छु । निर्वाचनको दिनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा शसस्त्र प्रहरी र तेस्रो घेराभन्दा पर बसेर नेपाली सेनाले सुरक्षा दिईरहेको हुनेछ । मतदान गर्न आउदा र जादाको समयमा आईपर्ने असहजतालाई ध्यानमा राखेर त्यसको पनि सुरक्षा दिनेमा हामी पूर्ण जिम्मेवार छौँ।

दुई चरणको निर्वाचन हुने भईसकेको स्थितिमा नेपाली सेना परिचालन आवश्यक हुन्छ ?

नेपाल सरकारका सुरक्षा निकाय सबै नेपाली जनता र नेपालको रक्षाका लागि हो नि । चाडपर्वहरु दशैं, तिहार हुन या कुनै पनि काममा आफुलाई बिर्सेर पनि सुरक्षमा तैनाथ हुन्छ ।

उसो भए अब नेपाली सेना निर्वाचनलाई सफल बनाउनको लागि मैदानमा जाने भयो ?

पक्कै पनि । म यसमा खुशी पनि छु । नेपाली सेनाले राष्ट्रिय कार्यभार पुरा गर्नको लागि तयार छ । नेपाली सेनाको भूमिका महत्वपूर्ण हुनेछ । कारगारमा रहेका सुरक्षा निकायलाई निर्वाचनमा खटाउने र त्यहाँ शसस्त्र प्रहरी र नेपाली सेना रहन्छ । राष्ट्र र जनताको सुरक्षासँगै लामो दुरीमा रहेर नजिकको सुरक्षा दिन सक्छ ।

निर्वाचन भयरहित र स्वच्छ हुन्छ भन्नेमा तपाई विश्वस्त हुनुहुन्छ ?

नेपालको लामो ईतिहासमा यो निर्वाचन एकदमै ऐतिहासिक हुँदैछ । अर्कोतर्फ स्वच्छ र भयरहित हुँदैछ । नेपाल सरकार अन्तर्गतका सुरक्षा निकाय र प्रशासनिक तवरबाट त्रुटिरहित प्रबन्ध हामीले गरिरहेका छौँ। हरेक वडा देखि महानगरपालिकामा हामीले टिम बनाएका छौँ। यसको आधारमा हामीले सुरक्षा दिनेमा हामी जुटिरहेका छौँ ।

यो निर्वाचनमा राजनीतिक दलले आफ्नो हस्तक्षेपकारी भूमिका देखाउन पाउँदैनन् ?

निर्वाचनमा हामीले नेपाली जनता र नेपाललाई जिताउने छौँ। कुनै दलको खेमातिर ढल्केर हामीले बोल्न र कुनै काम गर्नु राष्ट्रहित विपरित काम गर्नु हो । त्यसैले फर्जि मत खस्ने यात उति कुनै संकोच नमानि निर्वाचनमा भाग लिनको लागि सबैलाई अनुरोध गर्दछौं । ६ दशकको बलिदानले ल्याएको उपलब्धिलाई संस्थागत गर्नको लागि हामी तयार छौँ । संविधान आएपछि के भयो त भन्ने कुराको फल स्थानिय तहको निर्वाचनमार्फत आउँछ ।

बैखाश ३१ र जेठ ३१ मा मतदाताले राजनीतिक दलको दवाफ झेल्नु पर्दैन ?

म विनम्र अनुरोध गर्न चाहन्छु । नेपाली जनता अरुका कुरा सुन्छन् र आफ्नो विवेकको सफल प्रयोग गर्छन्। आफ्नो आत्मालाई साँक्षी राखेर मन परेको व्यक्तिलाई जिताउने छन् ।

विगतको ईतिहास दोहोरिदैन ?

हामी दोहोरिन दिदैनौँ । कसैले पुरानो सोचले राजनीति गर्दैछ र पुरानै मान्यतामा निर्वाचन आफ्नो भागमा वा पक्षमा पार्ने सपना देखेको छ भने त्यो दिवा सपना हो । यहि कार्यक्रम मार्फत यस्ता सोच बोकेका मानिसले बुझे हुन्छ पहिलेको स्थतिथि आउँदैन । सरकारले मिलाउनु पर्ने सबै प्रक्रिया मिलि सकेका छन् । हाम्रो काँधमा आएको जिम्मेवारी पुरा गर्नको लागि हामी तयार छौँ।



प्रतिक्रिया दिनुहोस्