Logo

वाणिज्य मन्त्री थकालीसँग युएइका राजदूतको भेटवार्ता



काठमाडौँ, १५ वैशाख । वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएइ) का राजदूत साईद हमदन अल हन्तोबी अल नाक्वीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच नेपाल र युएइका बीच पर्याप्त सम्भावना भएका व्यापार, लगानी र पर्यटनका क्षेत्रमा निजी क्षेत्र समेतको सहभागितामा लगानी विस्तार गरी आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री थकालीले खुला र उदार अर्थनीति अवलम्बन गरेकोले नेपालमा लगानी प्रवद्र्धनको ठूलो सम्भावना भएको अवगत गराउँदै हवाई क्षेत्र, पर्यटन, कृषि, जलविद्युत् र पूर्वाधार क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको थियो ।

भेटमा राजदूतले नेपालसँगको सम्बन्ध थप मजबुत बनाउन नेपालको कृषि, पर्यटन जलविद्युत्लगायतका विभिन्न क्षेत्रमा लगानी गर्न युएइका उद्यमी व्यवसायी तयार रहेको जानकारी गराउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्