Logo

चीनद्वारा धार्मिक स्वतन्त्रताबारे अमेरिकी प्रतिवेदनको आलोचना



बेइजिङ (चीन), १५ वैशाख । चीनले अमेरिकी एक संस्थाद्वारा चीनको धार्मिक स्वतन्त्रताका विषयमा हालै जारी गरेको प्रतिवेदन पूर्वाग्रही रुपमा आएको भन्दै शुक्रबार उक्त प्रतिवेदनप्रति आलोचना गरेको छ ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता मामिला अध्ययन गर्ने उक्त संस्थाको वार्षिक प्रतिवेदनमा धार्मिक स्वतन्त्रताका विषयमा विशेष चासो राख्न अमेरिकी सरकारलाई दिएको सुझावमा चीन पनि समावेश गरिएको प्रति चीनले यसले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

चिनियाँ सरकार आफ्ना नागरिकको धार्मिक स्वतन्त्रताका विषयमा मुलुकको कानुनअनुसार सचेत एवम् सजक रहेको, विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले सञ्चारकर्मीलाई नियमित प्रेस ब्रिफिङका क्रममा बताउनुभयो ।

यो प्रष्ट र विवादरहित कुरा छ कि चिनियाँ सबै जातीय समुदायले धार्मिक विश्वासका आधारमा पूर्णतया धार्मिक स्वतन्त्रताको आनन्द लिइरहेका छन्, गेङले थप्नुभयो ।

प्रवक्ता गेङले अमेरिकी सिआईआरएफ चीनविरुद्ध पूर्वाग्रही रहेको, धर्मका बारेमा प्रगति गराउने विषयमा चुकेको र भ्रामक समाचार बाहिर ल्याएको दाबी गर्नुभयो । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्