Logo

यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर



काठमाडौं १६ बैशाख । विर्तामोडमा ५ सय रुपैयाँको नक्कली नोट फेला परेको छ । गाडि मजदुर दधिराम खतिवडालाई चारदिन अघि यात्रुले दिएको उक्त नोट नक्कली भएको खुलेको खबर आजको कान्तिपुरमा छ ।

झट्ट हेर्दा सक्कलीजस्तै देखिने उक्त नोट केही छोटो र पातलो छ । गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको नोटमा घ २०-४७६७९९ नम्बर उल्लेख छ ।

केहीदिनअघि पोखरालगायतका सहरमा पनि ५ सय रुपैयाँका नक्कली नोट फेला परेका थिए ।



प्रतिक्रिया दिनुहोस्