Logo

सार्वभौमसम्पन्न जनसरकार निर्माणका लागि निर्वाचन



हेटौँडा, १६ वैशाख । माओवादी केन्द्र ३ नं प्रदेश इन्चार्ज लीलामणि पोखरेलले स्थानीय तहको निर्वाचन अधिकारको विकेन्द्रीकरणका लागि नभएर हस्तान्तरणका लागि भएको बताउनुभएको छ ।

शुक्रबार हेटौँडा उपमहानगरपालिका–४ को चुनावी प्रचारप्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले जनताले खोजेको जस्तो सार्वभौमसम्पन्न जनसरकार निर्माणका लागि स्थानीय तहको निर्वाचन गर्न लागिएको बताउनुभयो ।

हेटौँडा उपमपाका प्रमुखका उम्मेदवार बलराम बलले उज्यालो नेपाल निर्माण गर्न सफल माओवादीलाई चुन्न आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्