Logo

इन्डियन प्रिमियर लिगमा हैदरावादसँग हार्‍यो पञ्जाब



काठमाडौं, १६ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । मोहालीमा भएको खेलमा हैदरावादले किंग्स इलाभेन पञ्जाबलाई २६ रनले हराएको हो ।

दुई सय ८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ८१ रन मात्रै बनाउन सक्यो । उसका लागि शान मार्सले ८४, इयोन मोर्गानले २६ तथा मार्टिन गुप्टिलले २३ रन बनाए पनि जित दिलाउन भने सकेनन् ।

हैदरावादका आशिष नेहरा र सिद्धार्थ काउलले तीन तीन विकेट लिए । यस्तै भुवनेश्वर कुमारले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा दुई सय सात रन बनायो ।

उसका लागि शिखर धवनले ७७, केन विलियम्सनले नटआउट ५४ तथा कप्तान डेविड वार्नरले ५१ रन बनाए । ९ खेलमा पाँच खेल जितेको हैदरावाद ११ अंकसहित तेस्रो स्थानमा छ । ८ खेलमा तीन खेल मात्रै जितेको पञ्जाब भने ६ अंकसहित छैटौं स्थानमा छ । एजेन्सीको सहयोगमी



प्रतिक्रिया दिनुहोस्