Logo

खर्बपति विनोद चौधरीका छोरा बरुणको बिवाहको झलकहरु



काठमाडौं । नेपालका एक्ला खर्बपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह भारतको राजस्थानमा भइरहेको छ ।

भारतीय संचारमाध्यमले बरुणको विवाह भव्य समारोहका साथ भएको भन्दै समाचार प्रकाशित गरेका छन् । राजस्थानकी अनुश्री टोयङ्गासँग हुन लागेको विवाहमा भाग लिन श्रींलकाका प्रधानमन्त्री रनिल बिक्रमासिंहे राजस्थान पुगेका छन् ।

उनीहरुको गत वर्ष इन्गेजमेन्ट भएको थियो । राजस्थानको उदिपुरमा माडवारी संस्कृति अनुसार बुधवारदेखि सुरु भएको विवाहको समारोह शुक्रबारसम्म चल्लने छ । त्यस्तै बलिउडका बादशाह सलमान खान पनि विवाह समारोहमा पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बरुणको बिवाहमा भारतीय कलाकारदेखि नेपालका उद्योग व्यवसायी सहभागी छन् । दुई वर्षअघि विनोदका अर्का छोरा राहुल चौधरीको विवाह राजस्थानको जयपुरमा भव्य समारोहका साथ भएको थियो । त्यो विवाहको समाचार पनि भारतीय संचारमाध्यमले प्राथमिकताका साथ छापेका थिए ।

तस्विर : चन्दा चौधरीको फेसबुकमा 

 



प्रतिक्रिया दिनुहोस्