Logo

बादलुको घेराभित्र भेटिए रबिन र पार्वती (भिडियो सहित)



काटमाडौं, १६ बैशाख । युवा पुस्तका प्रिय पात्र निर्देशक तथा मोडल रबिन शङ्करको निर्देशनमा नयाँ लोक तथा दोहोरी गीतको म्युजिक भिडियो “बादलुको घेरो” बजारमा आएको छ ।

निर्देशक शङ्कर बहुप्रतिभाका धनि सर्जक हुन । म्यूजिक क्षेत्रमा सफल निर्देशन र अभिनय गर्ने थोरै व्यक्ति मध्यमा उनि पर्दछन् । “बादलुको घेरो” बोलको गीत पछिल्लो समयको चर्चित गीत हो ।

यस म्युजिक भिडियोमा चर्चित मोडेल पार्वती राई र स्वयम् रबिन शङ्करको अब्बल अभिनय रहेको छ । सरोज विरहीको शब्द संगीतमा तयार भएको उक्त गीतमा गायक सरोज विरही र गायिका प्रीति आलेले स्वर दिएका छन् ।

नयन फिल्मस प्रालिले बजारमा ल्याएको उक्त गीतको सम्पादन सुजन शाहीले गरेका छन् भने छायाङकन मुकेश हुमागाईले गरेका छन् ।

https://www.youtube.com/watch?v=PGu0KLx2fJo



प्रतिक्रिया दिनुहोस्