Logo

संशोधन प्रस्ताव पारित हुन्छ : प्रमुख सचेतक डा. यादव



काठमाडौं, १६ बैशाख । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले संशोधन प्रस्तावमा सर्बसम्बत बनाउन सरकार लागिरहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले प्रतिपक्षी दल नेकपा एमालेलाइ समेत समेट्न लागिरहेकोले केही ढिला भएपनि प्रक्रियामा गए संशोधन पास हुने बताए।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,‘संशोधन प्रस्ताव पारित हुन्छ, सरकारले हरप्रयास सहमतिको लागि जोड दिईरहेको छ, प्रक्रियामा गए पनि पास हुन्छ ।’ उनले भोलि कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित गर्नुपर्ने बताए । सहमति नभए एक दुई दिनभित्र भएपनि प्रस्ताव पारित हुने यादवको विश्वास थियो ।



प्रतिक्रिया दिनुहोस्