Logo

संशोधन प्रस्तावको पक्षमा मत हाल्छौं : प्रवक्ता कार्की



काठमाडौं, १६ बैशाख । सत्तारुढ दल राप्रपाकी प्रवक्ता रोशन कार्कीले आफ्नो पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारिन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘चुनावको सुनिश्चितताको लागि हाम्रो पार्टीका अध्यक्ष कमल थापाजी सरकारमा जानुभएको हो, चुनावको लागि सबै दलहरुलाई समेट्नुपर्छ, त्यसैले अहिलेको संशोधनले संविधानको सर्वस्विकार्यता बढाउने भएकोले हामी संशोधन प्रस्तावको पक्षमा मत हाल्छौं ।’

कार्कीले निर्वाचन देशभरिकै जनतालाई चाहिएको बताउँदै केही नेताहरुले विरोध गर्दैमा निर्वाचनको मिति तलमाथि गर्न नहुने धारणा राखिन् । उनले मधेशमा पनि जनताले निर्वाचन चाहेको बताउँदै थपिन्,‘आज हेर्नुहोस्, त तराई मधेशमा कत्रो संख्यामा म्यादी प्रहरीहरु भर्ना भएका छन्, यो निर्वाचनको क्रेज हो, त्यसैले निर्वाचन हुनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot