Logo

‘जीवन’ले आज मृत्युको खबर पठायो : सरोवर



काठमाडौं, १६ बैशाख । नेपाली गजलको ईतिहासमा पहिलो पटक यूवाहरुको यति धेरै उपस्थिति भएको सत्य हो । पछिल्लो समयमा सुदुर पश्चिमको माटोमा जन्मेका अनेकन गजलकारहरुले सशक्त क्षमता प्रर्दशन गरेको पनि सत्य हो ।
आजको सर्जक र र्सिजनामा जीवन सरोवरको गजल :

गजल

उसले फूलको बदलामा पत्थर पठायो।
पठायो चोटहरु जिन्दगीभर पठायो ।।

छोराले बालाई बृद्धाश्रम पठाउने छ ।
बाउले छोरालाई पढ्न शहर पठायो ।

एकदिन मर्नुछ म देशका लागी मर्छु ।
यो कसैले प्रश्न बिनाको उत्तर पठायो ।

बर्षौ भैस्यो तुफानलाई चुनौती दिएको।
आज फेरी मलाई हावाले डर पठायो ।

सायद भोलि शुन्यबाट सफर थाल्नेछ ।
‘जीवन’ले आज मृत्युको खबर पठायो ।



प्रतिक्रिया दिनुहोस्