Logo

प्रचण्ड नयाँ रणनीतिमा : निर्वाचनको मिति सर्ने, देउवालाई सत्ता पनि नछोड्ने



काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला नयाँ रणनीतिका साथ आन्तरिक गृहकार्यमा जुटिरहेका छन् ।

सरकारले बैशाख ३१ र जेठ ३१ गतेगरि दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने भनेर मिति घोषणा गरिसकेको छ । पहिलो चरणको निर्वाचन आउन अब जम्मा १५ दिनमात्रै बाँकी छ। बैशाख १९ गतेसम्म उम्मेद्धवारी मनोनयको लागि आयोगले समय छुट्याएको छ ।

मधेशी मोर्चा र संघीय गठबन्धनको माँग पूरा गर्नको लागि सरकारले संसदमा परिमार्जनसहितको संशोधन विद्येयक अघि बढाएको छ । नवगठित राष्ट्रिय जनता पार्टी नेपाल र संघीय गठबन्धनले संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि निर्वाचनमा सहभागी नजनाउने निर्णय गरेको छ । यसको लागि सरकारले भोलिसम्म नै संशोधन प्रस्ताव सदनबाट पारित गर्नुपर्ने छ। यसको लागि अब समय घर्किसकेको छ ।

हुन त भित्री रुपमा पहिलो चरणको निर्वाचन टरोस नै भन्ने पक्षमा प्रधानमनत्री दाहाल रहेको उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल यतिवेला भित्री रुपमा सफल हुँदै गएका छन् । संशोधन प्रस्ताव भोलि निर्णयार्थ पेश हुने कार्यक्रम रहेको छ । तर निर्वाचन आयोगले जेठ १५ को चुनावको बीचमा पर्ने भएकोले आजमात्रै बजेट नीति तथा कार्यक्रम ल्याउन नहुने भन्दै सरकारको ध्यानाकार्षण गराईसकेको छ । आयोगको यस्तो निर्णय आएसँगै पहिलो चरणको निर्वाचन करिब करिब समाप्त भएको सूत्रहरुले दाबी गरेका छन् ।

बैशाख ३१ गतेको पहिलो चरणको चुनाव टर्ने बित्तिकै अब अर्को चरणको चुनाव नगरेसम्म प्रधानमन्त्री दाहालले सरकार नछोड्ने मनस्थिति बनाएका छन् । यसको लागि उनले आन्तरिक गृहकार्य थालेका छन् । हिजोमात्रै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुसँग यसबारेमा समेत छलफल गरेको खुल्न आएको छ ।

तर सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भने यतिवेला अप्ठ्यारेमा परेका छन् । उनी यतिवेला सकेसम्म बैशाख ३१ गतेको पहलो चरणको चुनाव गराउने पक्षमा उभिएका छन् । यदि भएन भने पनि उनी दाहालसँग सम्झौता गरेर भएपनि अघि बढ्ने मनस्थितिमा पुगेका छन् ।

देउवालाई डर के छ भने प्रचण्डले भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गरेर नयाँ गठबन्धन बनाउलान भन्ने छ । त्यसैले देउवा यतिवेला संकटमा छन् । उनले दिएका सार्वजनिक अभिव्यक्तिहरु पनि अहिलेसम्म केही केही पनि पूरा भएका छैनन् ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले पनि दुई चरणको निर्वाचन स्थगन् गरेर एकै चरणमा निर्वाचन गराउनुपर्ने भन्दै आफ्ना मागहरु तेर्साईरहेका छन् । एमालेको अडान र सरकारको तयारी हेर्दा अब पहिलो चरणको निर्वाचन करिब करिब समाप्त भएको भन्न सकिने प्रशस्तै ठाउँहरु रहेका छन् ।

त्यस्तै यता निर्वाचन आयोगले आजमौ निर्वाचनको विचमा पर्ने भएकोले जेठ १५ को बजेट ल्याउन नहुने भन्दै बजेट रोकेको छ । आज बसेको आयोगको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउँदा आचार संहिता विपरित हुने निश्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्