Logo

तेरौटे बृद्धाश्रममा निशुल्क आंखा शिविर



शरद रेग्मी : तेरौंटे(घोराही), १५ बैसाख । दाङ जिल्ला सदरमुकाम घोराहीको तेरौंटेमा ज्येष्ठ नागरीक सरोकार केन्दैले सन्चालन गर्दै आएको बृद्धाश्रममा कम्तिमा दुइ दर्जन बृद्धबृद्धाहरुले निशुल्क रुपमा आंखाको चेकजांच गराएका छन् । आंखाजांच संगै उनीहरुले संपुर्ण उपचार निशुल्क समेत पाउने भएका छन् । शिविरमा स्क्रिनिङ गरीएका मोतियाविन्दुका विरामीहरुको समेत निशुल्क शल्यक्रिया हुने भएको छ ।

रिपोटर्श क्लव दाङको मुख्य आयोजनामा भएको एक दिने निशुल्क आंखा शिविरमा बृद्धबृद्धाहरुले बृद्धाश्रममै निशुल्क उपचार सेवा पाएकोमा खुसी व्यक्त गरेका थिए । राप्ती आंखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग, तथा तुलसीपुर सिटि हस्पीटल, लायन्स क्लव अफ दाङ, पाल्पाली मेडिको तथा रोट्रयाक क्लव अफ तुलसीपुरको सहयोगमा शिविर संपन्न भएको थियो ।

शिविरमा राप्ती आंखा अस्पताल तुलसीपुरका वरीष्ठ नेत्र सहायक शालिकराम गौतम, डा सुवोध शर्मा, लगायतले बृद्धबृद्धाहरुको आंखा परीक्षण संगै अन्य स्वास्थ्य सुझाव समेत दिएका थिए ।

आंखा जांचका क्रममा बृद्धाश्रममा रहेका सवै बृद्धबृद्धाहरुमा आंखाको समस्या देखिएको थियो । आश्रममा रहेका चार जना बृद्धबृद्धाहरु कुनैपनि उपचारले दृष्टि फर्काउन सकिने अवस्थाका छैनन् भने केहिलाइ एउटा आंखाको मोतियाविन्दुको शल्यक्रिया गर्ने अवस्था देखिएको छ । उनीहरुलाइ निशुल्क रुपमा बृद्धाश्रममै आएर राप्ती आंखा अस्पतालमा लगी निशुल्क सल्यक्रिया गरीने मुख्य आयोजक रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मीले बताएका छन् ।

बृद्धबृद्धाहरुको यातायात समस्यालाइ समेत ध्यान दिंदै अस्पतालकै गाडि व्यवस्थापन गरी यहांहरुको मोतियाविन्दुको शल्यक्रिया गरीने पनि उनले बताए ।
शिविरमा १२ जना बृद्धबृद्धाहरुको निशुल्क आंखाजांच संगै निशुल्क रुपमा औषधि समेत उपलव्ध गराइएको थियो । बृद्धाश्रममै निशुल्क आंखा जांच र औषधि पनि निशुल्क रुपमा पाएकोमा त्यहांकि बृद्धा शुशिला घर्तिले भनिन् । ‘मर्ने वेलामा पनि आंखादान गर्ने इच्छा छ, तपाइहरु बर्षेनी बृद्धाश्रममा आइदिनुहोला’—शुशिलाले भनिन् । त्यसो त उनलाइ अघिल्लो बर्ष पनि यहिं आंखा जंचाएर रक्षाचौरमा गएर निशुल्क आंखाको मोतियाविन्दु अप्रेशन गरेको याद अझै ताजा छ ।

त्यसैगरी गोविन्द प्रसाद भट्टले पनि आफुले आंखा देख्न छाडेको भन्दै अप्रेशन गरेर आंखा देख्ने बनाइदिन आग्रह गरेका थिए । साथै उनले जिवन भन्दा आंखा प्यारो भएको अभिव्यक्ति दिए ।

शिविरमा जांच गरीएका विरामीहरुमा चार जना बृद्धबृद्धाहरुको मोतियाविन्दुको शल्यक्रिया गर्न आवस्यक रहेको वरीष्ठ नेत्र सहायक शालिकराम गौतमले बताएका छन् । त्यसमा एक जनाको भने नसाकै समस्या भएकाले शल्यक्रियाले पनि दृष्टि फर्कन नसक्ने उनले बताए ।

यसैबीच निशुल्क आंखा शिविरको एक औपचारीक कार्यक्रमका विच समापन गरिएको छ । रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियशनको प्रमुख आतिथ्य तथा रेडियो सन्जिवनीका अध्यक्ष अनुप कुमार श्रेष्ठको विशिष्ठ आतिथ्यमा संपन्न समापन कार्यक्रममा प्रमुख अतिथि प्रियाशनले सामाजिक भुमिकामा रिपोटर्श क्लव र आंखा अस्पतालले निर्वाह गरेको भुमिकाको उच्च प्रशंसा गर्दै बृद्धबृद्धाहरुलाइ आफ्रनै आमा बुवालाइ जस्तै गरी अव समाजका विभिन्न क्षेत्रले हेर्नुपर्ने सुझाव दिए । ‘सकेसम्म बृद्धबृद्धाहरुलाइ बुढेशकालमा बृद्धाश्रममा आउन नपर्ने अवस्था हुनुपर्दछ, तैपनि बाध्यात्मक अवस्थामा यहां आउनुभएका बुद्धबुद्धालाइ पारीवारीक वातावरणमा जिउने अवस्था सृजना गर्न आवस्यक छ’—प्रियशनले भने ।

ज्येष्ठ नागरीक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीको समेत सहभागिता रहेको कार्यक्रममा कार्यक्रम समापन गदै कार्यक्रमका अध्यक्ष रेग्मीले यस्तो शिविर आफुहरुले अघिल्लो बर्षदेखिनै गर्दै आएको भन्दै हरेक बर्ष बृद्धाश्रममा आवस्यकता अनुसारको स्वास्य शिविर सन्चालन गर्न आफु तयार भएको पनि बताए । कार्यक्रमको सहजीकरण क्लवका कोषाध्यक्ष वालाराम खड्काले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्