Logo

विपिन मर्मको गजल सङ्ग्रह विमोचन



काठमाडौं, १६ बैशाख । गजलकार विपिन मर्मको गजल सङ्ग्रह “मनको शल्यक्रिया” कमलादी, काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार विमोचन गरियो । वरिष्ठ गजलकार डा. कृष्ण हरि बरालले उक्त सङ्ग्रहको विमोचन गरेका हुन् ।

सो गजल सङ्ग्रहको वरिष्ठ छन्द गजलकार पोष्टराज चापागाईले समीक्षा गर्नुभएको थियो । हातेमालो साहित्य सङ्गमका अध्यक्ष दिपेन्द्र अश्रुमालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपन्यासकार तथा संस्थाका सदस्य मालिका केशरीले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममा कवि तथा

मुक्तककार रमेश पौडेल एवम् संगीतकला पत्रकार संघका अध्यक्ष सुमन पण्डितले कृतिको बारेमा प्रकाश पार्नु भएको थियो ।

फरक ढंगले संचालन भएको उक्त कार्यक्रममा सोही सङ्ग्रहमै रहेका संगीतबद्द भएर बजारमा आउन लागेका केही गजलहरु गायक सागर शरद अधिकारी र शिवराज गौतमले आ(आफ्नो आवाजमा गाएर उक्त माहौललाई रोमाञ्चक बनाउनु भएको थियो ।

हातेमालो साहित्य सङ्गमले आयोजना गरेको गजल सङ्ग्रहको विमोचन कार्यक्रममा ‘मनको शल्यक्रिया’को विमोचनपछि मन्तव्य व्यक्त गर्ने क्रममा डा। कृष्णहरि बरालले ‘विपिन मर्मको गजल सङ्ग्रहका गजलहरुले प्रेम, वियोग, समसामयिकता, देशप्रेम, प्रकृतिप्रेम लगायतका विविध पक्षहरु उत्कृष्ट ढंगले प्रस्तुत गरी पुस्तकलाई गहकिलो स्वरुप दिन सफल भएको’ बताए ।

गजल सन्ध्या, पोखराको प्रकाशनमा रहेको ‘मनको शल्यक्रिया’भित्र १०१ वटा गजलहरू समाविष्ट छन् ।



प्रतिक्रिया दिनुहोस्