Logo

राजपा पहिलो चरणको चुनावमा सहभागि नहुने



काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले पहिलो चरणको चुनावमा भाग नलिने भएको छ । सरकारले सहमति गर्न ढिला गरेकाले पहिलो चरणमा तयारी नपुगेको भन्दै भाग नलिने निस्कर्ष राजपाले निकालेको छ । राजपा नेता लक्ष्मण लाल कर्णले पहिलो चरणको चुनाव पछि सारे भाग लिने विषयमा सोच्न सकिने नभए सम्भव नभएको बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दे कर्णले संसोधन प्रस्ताव पारित भएपनि चुनावमा भाग लिने सम्भावना नदेखिएको बताए ।

राजपा नेता कर्णले भने, ‘३१ बैशाखको चुनावमा जाने विषयमा हाम्रो तयारी छैन तयसकारण भाग लिन सम्भव छैन । संसोधन पारित भए भने हामी दोस्रो चरणको चुनावमा जानेछौ ।’ प्रधानमन्त्रीलाई पनि त्यसको जानकारी गराइसकेको उनले बताए । संसदमा दर्ता भएको संसोधन विधेयक पारित नभए दोस्रो चरणको चुनावमा पनि सहभागिता नजनाउने मोर्चाले बताइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्