Logo

सेनाले दिएन विस्फोटक पदार्थ



काठमाडौं १७ बैशाख । नेपाली सेनाले विस्फोटक पदार्थ नदिँदा कान्तिलोकपथको काम प्रभावित बनेको खबर आजको नेपाल समाारपत्रमा छ । राजधानीलाई तराइसँग जोड्ने वैकल्पिक मार्गको रुपमा लिइने कान्तिलोकपथको काम प्रभावित बन्ने भएको हो ।

सेनासँग पटक पटक ताकेता गरेपनि विस्फोटक पदार्थ पाउन नसकेको कान्तिपथ सडक विस्तार योजनाका योजन प्रमुख देवेन्द्र शाहले भने, ‘हामीले ५ महिना अगाडि नै सेनासँग विस्फोटक पदार्थ मागेका थियौं । जवाफमा नभएको भनाइ आउँछ ।’

करिब ९० प्रतिशत सडक चौडा गर्ने काम सकिएपनि बाँकी भाग चौडा गर्न विस्फोटक पदार्थ नभई सम्भव नहुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्