Logo

स्करसँग साटघाट गरेको आरोपमा ४ प्रहरी निलम्बित



काठमाडौं १७ बैशाख । तस्करसँग साटघाट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले ४ जना प्रहरीहरुलाई निलम्बित गरेको छ । धर्मनगरमा भन्सार छाली गरी तस्कर समुहले ल्याउँदै गरेको माल बस्तुहरुलाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि तस्कर समुहले आक्रमण गरेको घटनामा दोषी देखिएपछि चार जनालाई निलम्बित गरीएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी नायब उपरीक्ष राजेन्द्रबाबु रेग्मीले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेको प्रहरी हवल्दार नथुनी साह, प्रहरी जवान रमेश कुमार झा, प्रमोद कुमार कम्कर र संजीवकुमार पासवान गरी ४ जनालाई निलम्बन गरिएको बताएका छन्।

निलम्बित गरिएकाहरुले जिल्ला प्रहरी बाराबाट घुमुवामा खट्दै आएको र उनीहरुले तस्करहरुलाई सहयोग गरेको आधारमा कारवाही गरिएको बताएका छन्।

वैशाख ११ भारतबाट तस्करी गरी ल्याउँदै गरेको माल बस्तुहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरी र तस्कर समुहबीच कलैया उपमहानगरपालिकाको धर्मनगर टोलमा झडप भएको थियो।

जिल्ला प्रहरी कार्यालयबाट घुमुवामा खट्ने प्रहरीहरुले प्रहरी अधिकृतहरुकै लागि तस्करसँग महिनवारी असुल्ने गर्दै आए पनि उनीहरुलाई परिचालन गरीने प्रहरी अधिकृतहरु कारवाहीबाट बच्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस्