Logo

प्रियंका जस्तै बन्ने सपना छ  : नव नायिका पौड्याल



काठमाडौं, १७ बैशाख । चितवन भरतपुर १७ की रुचिता पौड्याल अहिले काठमाण्डौमा व्यक्तित्व विकासको तालिममा छिन् । परिवारकी एक्ली सन्तानका रुपमा रहेकी उनको बुवा आमाको सोच भने इन्जिीनियर वा चाटर्ड एकाउन्टेन बनाउने रहेको छ । तर रुचिताको सपना भने सफल नायिका बन्ने रहेको छ ।

सानै देखी मिहिनेती र इमान्दारकी धनी रुचिता घमण्डी र रिसाउने मान्छेलाई उनी देखे पछि भने खासै चित्त बुझ्दैन त्यसको एउटै कारण हो रिसाह स्वभाव भएकी उनी अहिले परिवर्तन भएकी छन् ।

रिसायर केही पनि हुँदैन भन्ने अभियानमा छिन् । कुनै पनि मान्छे रिसायर हैन खुसी भयो भने परिवर्तित हुन सक्छ जसको उदाहरण म आफै हो उनले भनिन् ।

एघार कक्षा अध्ययनको तयारीमा रहेकी रुचितको बुवा व्यवसायमा संलग्न रहे पनि गरीब, दुखिहरुको लागि सेवा भाव असाध्यै राख्ने भएकाले आफु पनि असाहय देखे पछि सक्दो सहयोग गर्ने इच्छा जाग्ने बताईन् । युवा अवस्थामा आत्तिने र मात्तिने मान्छेबाट सजग हुनु पर्ने उनको तर्क छ ।
सुरुमा नायीका रेखा थापा जस्तै बन्ने सपना देख्ने रुचिता एकाएक बदलिएर प्रियंका कार्की जस्तै बन्नु अब उनको एक मात्र लक्ष्य रहेको छ । नायीका कार्कीको शुक्ष्म अध्ययन गरेकी उनले भनिन् पेशा प्रति लगनशिल, उत्कृष्ठ र आर्कषक नृत्य हाउभाउ र वहु प्रतिभाशिलताले मलाई मनै देखी छोयो त्यसैले मैले यो निर्णय लिए आशा छ मामुले पुर्णरुपले सहयोग गर्नु हुने छ ।

अल्लारे प्रेममा विश्वास नगर्ने रुचिताले अबको दश बर्ष करियर निर्माणमा लाग्ने र त्यस पछि मात्रै घरपरिवारको सल्लाहमा बिहे गर्ने भए पनि उपयुक्त नायकको प्रतिक्षामा रहेको घोषणा गरीन् ।



प्रतिक्रिया दिनुहोस्