Logo

ला लिगा फुटबल, बार्सिलोना शीर्ष स्थानमा



काठमाडौं, १७ बैशाख । स्पेनिस ला लिगा फुटबलको उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ । लिग अन्तर्गत शनिबार राति भएको जितमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा कायम रहन सफल भएको छ ।

उपाधि होडमा बार्सिलोना र रियल मड्रिडले एक अर्कालाई दबाब दिँदै आएका छन् । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ३–० ले हरायो । बार्सिलोनालाई जिताउन लुइस स्वारेजले दुई तथा इभान रेकिटिकले एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्‍यो।

५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ७६ औं मिनेटमा रेकिटिकले बार्सिलोनाको अग्रता दोब्बर पारे । ८७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले विजयी भयो ।

यो खेलमा मेस्सीले भने गोल गर्न सकेनन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८१ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको पनि ८१ अंक नै छ । बार्सिलोनाले अब लिगका तीन खेल खेल्न बाँकी छ । बार्सिलोनाले अब लिगमा भिल्लारियल, लास पालमस र एइबरसँग खेल्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्