Logo

संविधान संशोधनमाथिको छलफल अब बैशाख २१ गतेबाट, संसद बैठक तीन दिन स्थगित्



काठमाडौँ, १७ बैशाख । व्यवस्थापिका–संसद बैठक २१ गतेसम्मको लागि स्थगित् भएको छ । अब संविधान संशोधन प्रस्ताव माथि संसदमा २१ गतेबाट मात्र छलफल सुरु हुने निश्चित भएको छ।

सरकारले आजैको बैठकमा संशोधन अगाडि बढाउने तयारी गरेको थियो । तर कांग्रेसका पुराना सांसदको निधनका कारण आजको पहिलो बैठकले शोक प्रस्ताव पारित गर्ने र दोश्रो बैठकले संशोधन अगाडि बढाउने तयारी सरकारले गरेको थियो। वि.स. २०४८ सालमा सिराहा क्षेत्र नं २ बाट सांसद बनेका नथ्थुनी सिंह दनुवारको निधनमा संसद बैठकमा आज शोक प्रस्ताव पारित गरेको छ। उनको बैशाख १० गते निधन भएको थियो।

आज गर्ने भनेको संशोधनमाथिको छलफलबाट सरकार पछाडी हटेको हो।

सभामुख ओनसरी घर्तीमगरले संसद बैठक तीन दिन पछाडी सार्दै २१ गतेका लागि राखेकी हुन्।बैशाख ३१ गते हुने निर्वाचनका लागि १९ गते मनोनय दर्ताको कार्यक्रम भएकाले एक दिन जाने र एक दिन आउने समय छुट्याउनुपरेका कारण बैठक २१ गतेका लागि सारिएको हो ।



प्रतिक्रिया दिनुहोस्