Logo

सबै पक्षसँग छलफल गर्न केही दिनकालागि बैठक स्थगित गरिएको हो : प्रचण्ड



काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने स्पष्ट पारेका छन् ।

आज संविधान संशोधन प्रस्तावमाथि छलफल हुने भनिएको थियो । तर संशोधनको कार्यसूचिमै प्रवेश नगरी व्यवस्थापिका संसद बैठक स्थगित भएपनि उम्मेदवारी दर्ता नरोकिने बताएका छन्। आईतबार व्यवस्थापिका–संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले सबै दल सहभागी हुने वातावरण बनाउन संसद बैठक केही दिन पर सारेको बताए। प्रधानमन्त्री दाहालले १९ गते उम्मेद्वारी दर्ताको काम नरोकिने बताएका हुन्। ‘सबै पक्षसँग गहन छलफल गर्न केही दिनकालागि बैठक स्थगित गरिएको हो,’ प्रधानमन्त्रीले भने, ‘यसमा मधेस केन्द्रित दलहरुको पनि सहमति छ।’

प्रमुख दल नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाले निर्वाचन शतप्रतिशत हुने भन्दै १९ गतेको उम्मेद्वारी मनोनयन नरोकिने बताए।उनले भने, ‘निर्वाचन शतप्रतिशत हुन्छ,‘पहिलो चरणको निर्वाचन भएपछि दोस्रो चरणको पनि हुन्छ।’

 



प्रतिक्रिया दिनुहोस्