Logo

यस्तो छ संसद बैठक सार्नुको भित्री कारण :



काठमाडौं, १७ बैशाख । व्यवस्थापिका–संसद बैठक २१ गतेसम्मको लागि स्थगित् भएको छ । अब संविधान संशोधन प्रस्तावमाथि संसदमा २१ गतेबाट मात्र छलफल हुने निश्चित भएको छ।

सरकारले आजैको बैठकमा संशोधन अगाडि बढाउने तयारी गरेको थियो । तर कांग्रेसका पुराना सांसदको निधनका कारण आजको पहिलो बैठकले शोक प्रस्ताव पारित गर्ने र दोश्रो बैठकले संशोधन अगाडि बढाउने तयारी सरकारले गरेको थियो। वि.स. २०४८ सालमा सिराहा क्षेत्र नं २ बाट सांसद बनेका नथ्थुनी सिंह दनुवारको निधनमा संसद बैठकमा आज शोक प्रस्ताव पारित गरेको छ। उनको बैशाख १० गते निधन भएको थियो।

आज गर्ने भनेको संशोधनमाथिको छलफलबाट सरकार पछाडी हटेको हो। सरकारले आजै संशोधनप्रस्तावमाथि छिनोफानो गर्ने भनेको थियो । तर यसको बावजुदपनि सरकारले आज बैठक अघि बढाउन सकेन् ।

बैठक तीन पछि सार्नुको भित्री कारण अर्के रहेको सूत्रहरुले दाबी गरेका छन् । सभामुख ओनसरी घर्तीमगरले संसद बैठक तीन दिन पछाडी सार्दै २१ गतेका लागि राखेकी हुन्।बैशाख ३१ गते हुने निर्वाचनका लागि १९ गते मनोनय दर्ताको कार्यक्रम भएकाले एक दिन जाने र एक दिन आउने समय छुट्याउनुपरेका कारण बैठक २१ गतेका लागि सारिएको हो ।

तर सूत्रहरुले बताए अनुसार आजको संसद बैठकमा सत्तारुढ दल नेपाली काँग्रेसकै केही सांसदहरु नआउने निर्णय भएको थियो । बैठकमा संख्या कम हुने भएको थियो । स्रोतका अनुसार काँग्रेसभित्रै पूर्णबहादुर खड्का लगायतका केही नेताहरु जिल्ला बाहिर बसेर यो संशोधन प्रस्तावलाई कसरी असफल बनाउन सकिन्छ भनेर रणनीतिक तयारीमा जुटेका छन् । एक नेताले भने,‘काँग्रेसकै १६ जना सांसदहरु आजको बैठकमा नआउने निश्चित भएको थियो।’

त्यस्तै साना दलहरुसँग पनि सरकारले सहमति गरिसकेको थिएन् । उनीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्याकेजमा सहमति गर्ने भनेपनि अहिलेसम्म कुनै ठोस सहमति गर्न सकेका छैनन् । त्यसैले गर्दा साना दलहरुले सरकारले अघि बढाएको संशोधन विद्येयकमा समर्थन गर्ने निर्णय भने गरेका थिएनन् ।

विद्येयक आज सदनमा निर्णयार्थ पेश गरेको भए पनि कुनै हालतमा पास हुने संभावना थिएन । विद्येयक फेल हुने वित्तिकै प्रधानमन्त्रीले नैतिकताका आधारमापनि राजिनामा दिनुपर्ने भएकोले सरकारले संसद बैठक केही दिन पर सारेर यसमा होशियारी अपनाएको हुन सक्ने बुझिएको छ ।

त्यस्तै विद्येय पारित नभए अहिलेको काँग्रेस–माओवादी केन्द्र  र राप्रपाको गठबन्धन भत्किने पनि उतिकै खतरा रहेको छ । यो गठबन्धन कायम राख्नपनि प्रमुख दल नेपाली काँग्रेसले बैठक केही दिन पर सारेर भएपनि सहमति जुटाउनुपर्ने सुझाव प्रधानमन्त्री दाहाललाई दिएको थियो ।

तर संशोधन प्रस्तावमा सहमति जनाएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले भने सरकारले गलत गरेको टिप्प्णी गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यथास्थितिमा बैशाख ३१ मै चुनाव हुने संभावना नरहेको दाबी गरे । उनले भने,‘मधेशको माँग नै सम्बाधेन गरिएको छैन, अनि हामी कसरी निर्वाचनमा भाग लिने ? त्यसैले बैशाख ३१ को पहिलो चरणको निर्वाचन भाँड्नतिर सरकार उद्धत रहेको छ।’

तर प्रधानमन्त्री दाहालले भने तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्