Logo

दुर्घटनामा पीडित परिवारलाई आरएमआर फाउन्डेसनले सहयोग गर्ने



बालआश्रममा सहयोग हस्तान्तरण
काठमाडौं ,१६ बैशाख । कामको शिलशिलामा भारत गएर फर्कने क्रममा बस दुर्घटनामा बाबु गुमाएका मुगुका धनराज रोकायालाई रेडियम लामिछाने फाउन्डेसन (आरएमआर फाउन्डेसन) ले माध्यमिक तहसम्मको शिक्षाका लागि छात्रवृत्ति दिएर सहयोग गर्ने भएको छ ।

ललितपुरको टिकाथालीमा रहेको होप राइजिङ्ग चिल्ड्रेन होममा बसेर महेन्द्रग्राम माध्यमिक विद्यालय टिकाथालीमा कक्षा दुईमा अध्ययनरत रोकायालाई माध्यमिक तहसम्मको पठनपाठन आर्थिक सहयोग गर्ने आरएमआर फाउन्डेसनका महासचिव डाइमण्ड लामिछानेले बताए ।

२२ वर्षको उमेरमा काठमाडौंको बनस्थालिमामोटरसाइकल दुर्घटनाम परेर ज्यान गुमाएका रेडियम लामिछानेको सम्झनामा स्थापना भएको आरएमआर फाउन्डेसनले सडक दुर्घटना ज्यान गुमाएका पीडित परिवारको सहयोगमा काम गर्ने र घाइतेको उद्धार र राहतमा सहयोग गर्ने उदेश्य राखेको हुनाले रोकायाको शिक्षामा सहयोग गरिएको उनको भनाइ छ ।

सडक दुर्घटनाबाट बाबुआमा गुमाएका १० जना सन्तानको पढाइमा वार्षिक रुपमा सहयोग फाउन्डेसनलेजनाएको छ । दुर्घटना पीडित परिवारलाई सहयोग गर्नका लागि स्थापना भएको संस्था भएकाले त्यसैमा केन्द्रित भएर सामाजिक कार्य गरिने संस्थाको भनाइ छ ।यसका लागि अक्षयकोष स्थापना गरिएको भन्दै भविष्यमा ति बालबालिकाहरुको उच्च शिक्षामा पनि सहयोग गर्ने तयारीरहेको लामिछानेले बताए ।

फाउन्डेसनको सहयोगमा विद्यालयस्तरकोशिक्षा पुरा गर्न पाउने भएपछि रोकायाले खुसी हुँदै भविष्यमा डाक्टर बन्ने लक्ष्य रहेको बताए । उनले डाक्टर बनेर दुर्घटनामा घाइते भएका मानिसहरुको उपचार गरेर नयाँ जीवन दिने आफ्नो इच्छा रहेको सुनाए ।

होप राइजिङ्ग चिल्ड्रेन होममा पुगेर फाउन्डेसनले खानेकुरा , खेलकुदका सामग्री ,पाठ्यपुस्तक, कपि , कलम लगायतका पठनपाठनका सामग्री र लत्ता, कपडा वितरण गरेको छ ।

होप राइजिङ्ग चिल्ड्रेन होमका संचालक नन्दऋषि आचार्यले चिल्ड्रेन होममा बाबुआमा फेलानपरेका २५ जना बालबच्चा रहेको जानकारी दिए। ति मध्ये २ बालिका र २३ जना बालक रहेका छन् । सबैलाई नजिकैको महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन व्यवस्थाम मिलाइएको उनले बताए ।

होममा सबैभन्दा बढी कर्णालीका बालबालिका रहेका छन् ।जसमा हुम्लाका ६ जना , मुगुका ५ जना र कालिकोटको ४ जना रहेको आचार्यले बताए ।
हुम्ला खार्पूनाथ गाउँपालिका छिप्राका घर भई चिल्ड्रेन होममा बसेर ७ कक्षमा अध्ययन गरिरहेका भीम शाहीले भविष्यमा आफूले पनि बालग्राम खोलेर असहाय बालबालिकाको हेरचाह गर्ने लक्ष्य रहेको बताए । उनका बाबु पनि कामको खोजीमा भारत गएर बेपत्ता अवस्थामा छन्।



प्रतिक्रिया दिनुहोस्