Logo

एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम किन सर्यो ?



काठमाडौं, १७ बैशाख । आज सार्वजनिक गर्ने भनिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चुनावी घोषणापत्र अन्यौलमा परेको छ ।

व्यवस्थापिका–संसद बैठक बैशाख २१ गतेसम्मका लागि स्थगित् भएसँगै एमालेको आज सार्वजनिक गर्ने भनिएको चूनावी घोषणापत्र पनि अन्यौलमा परेको छ । पार्टीले घोषणापत्र आज सार्वजनिक गर्ने भनेर हिजै जानकारी गराएको थियो ।

तर आजको राजनीतिक घट्नाक्रमले गर्दा घोषणापत्र केही दिन पर सर्ने स्रोतले बताएको छ । एमाले उपाध्यक्ष भीम रावलले पत्रकार ऋषि धमलासँग भने,‘हामी अहिले छलफलमा छौं, कहिले सार्वजनिक गर्नै भनेर ? हेरौं, आज साँझसम्म थाहा हुन्छ ।’

शनिबार बसेको स्थायी समिति बैठकले घोषणापत्र पारित गरेको थियो। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा तयार घोषणापत्रमा पाँच वर्ष्भित्रमा १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारी दिइने कार्यक्रम ल्याउने, पहिलो वर्षमा खाद्यान्नमा आत्मनिर्भर तथा तीन वर्षमा गरिबी उन्मूलन गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्