Logo

सुरक्षित कम्पोजिट ग्याँस सिलिण्डर बजारमा (फोटोफिचर)



काठमाडौ, १७ बैशाख । नेपालमै पहिलो पटक क्लासिक ट्रेड ईन्टरनेशनल प्रा। लि।ले नेपाली उपभोक्ता माझ कम्पोजिट सिलिन्डर बजारमा ल्याएको छ ।

आधुनिक प्रविधिबाट निर्मित यस कम्पोजिट सिलिन्डर कार्बन कम्पोजिट फाइबरले बनेको एल पि जी सिलिन्डरलाई मल्टी नेशनल कम्पनी टाइम टेक्नोप्लाष्ट लि। ले उत्पादन गरेको लाइट सेफ ब्राण्ड एल।पि।जी सिलिण्डर हो ।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘फलामले बनेको सिलिन्डर ६०/७० वर्ष पूरानो प्रविधि हो, जसको तुलनामा हामीले ल्याएको कम्पोजिट सिलिन्डर अत्याधुनिक प्रविधिबाट बनेको हुँदा यो शतप्रतिशत सुरक्षित र उपयुक्त हुने प्रतिवद्धता व्यक्त गर्दछौं । २१ औं शताब्दीको नवीनतम् प्रविधिमा आधारित यस कम्पोजिट सिलिन्डरमा भएको विशेषताका कारण यो सुरक्षित हुनका साथै प्रयोग गर्न पनि सजिलो भएको जानकारी गराउँदछौं ।’

हाल बजारमा पाइने फलामको एल।पि।जी सिलिण्डर बिस्फोटको खतरा, गह्रौ तौल भएको, अपारदर्शी एवं ग्यासको मात्रा जान्न तथा देख्न नसकिने, पुरानो प्रविधिबाट बनेको, खिया लाग्ने तथा घाम पानीबाट खिएर जाने, आकर्षक आकार र रंगमा उपलब्ध नभएको, ओसार पसार तथा मर्मत संभारमा कठिनाई भएको एवम् युनिभर्सल भल्व जडान नभएको कारण दुर्घटना भई बढी क्षति हुने संभावना हुने भएकोले यस क्लासिक ट्रेड ईन्टरनेशनल प्रा। लि। ले नवीनतम्प्रविधिमा आधारित कम्पोजिट एलपिजी सिलिण्डर बजारमा ल्याएको छ ।

फलामको सिलिण्डरमा १०० प्रेसर बारको भार बराबरको क्षमता छ भने हामीले बजारमा ल्याएको कम्पोजिट एलपिजी सिलिण्डर १३५ देखि १४० बार प्रेसर भार थेग्ने क्षमतामा बनेको छ । फलाम सिलिण्डरमा रहेको ग्यास ण्ºऋ ९जिरोडिग्री सेन्टिग्रेड० मा जम्छ भने यो कम्पोजिछ सिलिण्डर –४०ºऋ ९माईनस चालिस डिग्री सेन्टिग्रेड० चिसोमा पनि नजम्ने भएकोले नेपालको भौगोलिकता अनुसार हिमाल, पहाड र तराईमा वातवरण अनुकुल जुनसुकै ठाँउमा सरल तरिकाले यसलाई प्रयोगमा ल्याउन सकिने

पत्रकार सम्मेलनमा बोल्दै क्लासिक ट्रेड इन्टरनेशन प्रा.लि.का लगानीकर्ता तथा नेपालका विक्रेता किसन श्रेष्ठले ५९ प्रतिशत भन्सार तिरेर भए पनि नेपाली जनताको सुरक्षाका लागि ५, १४।२ र १९ कजीका सिलिण्डर नेपाल भित्र्याएको भए पनि १४।२ को भोलीदेखि नै बजारमा विक्री वितरण गरिने जानकारी दिए ।
उनले भने, आगलागी हुँदा पनि ३ मिनेटसम्म केही नहुने कम्पोजिट सिलिण्डर हाल १२ हजारमा विक्री गरिने र भन्सार छुट भएको खण्डमा मुल्यमा कम गर्न सकिने छ ।

मल्टी नेशनल कम्पनी टाईम टेक्नोप्लाष्ट लि। भारतका प्रमुख अनिल जैनले भने, ३० वर्षसम्म केही नहुने कम्पोजिट सिलिण्डर भारतमा निर्मित भएपनि नेपालको क्लासिक ट्रेड इन्टरनेशन प्रा। लिसँग संयुक्त लगानीमा नेपालमै कारखाना खोल्ने पहल भैरहेको बताए ।

ग्याँस विक्रेता महासंघका ज्ञानेश्वर अर्यालले कम्पोजिट सिलिण्डर प्रयोज गर्न चाहने ग्राहकको पुरानो फलामे सिलिण्डरको जिम्मा नेपाल आयल निगमले लिनुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्