Logo

कार्कीको बचाउ गर्दै एमाले, भेला गरायो बरिष्ठ अधिवक्ताहरु



काठमाडौं, १७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्ताव गलत र अधिनायकवादी शासनको पूर्वअभ्यास भएको टिप्पणी गरेको ।

कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्तावलाई व्यवस्थापिका–ससदमा असफल बनाउने रणनीतिका साथ अहिले एमाले संसदीय दलको कार्यालयमा संसदीय दलका उपनेता सुवास नेम्बाङ्को अध्यक्षतामा बरिष्ठ कानून व्यवसायीहरुसँग परामर्श गरिरहेको छ ।

बैठकमा पूर्व महान्याधिवक्ता हरि फुयाँल, बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टिकाराम भट्टराई लगायत उपस्थित् रहेका छन् । एमालेले जसरी भएपनि कार्कीको बचाउ गर्ने रणनीति लिएको छ । एमालेले यो निर्णयको विरुद्धमा सडक आन्दोलनमा जाने समेतको तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्