Logo

सुडान घोटाला तीन पूर्वप्रहरी प्रमुखलाई जरिवाना र कैद सजाय



काठमाडौं, १७ बैशाख ।सर्वोच्च अदालतले सुडान डार्फरमा पठाइएका प्रहरीलाई चाहिने एपिसी लगायतका सामान खरिदमा घोटाला गरेको भन्दै तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ्ग र रमेशचन्द ठकुरीलाई जरिवाना र कैद सजाय सुनाएको छ।

प्रधानन्यायाधीश शुसीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङ र ठकुरी १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

त्यसैगरी पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई छ महिना कैद र ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह सांग्देनलाई १ वर्ष कैद र ४० हजार जरिवाना गर्ने फैसला भएको छ।



प्रतिक्रिया दिनुहोस्