Logo

कांग्रेसका शीर्ष नेताहरूको आकस्मिक बैठक सुरु



काठमाडौं, १७ वैशाख । प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि र उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजिनापछिको पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गर्नको लागि नेपाली कांग्रेसका शीर्ष नेताहरूको आकस्मिक बैठक बसिरहेको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा जारी बैठकमा संसदको बैठक, स्थानीय तहको निर्वाचन, संविधान संशोधन, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगलगायतका विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्