Logo

प्रधानन्यायाधीश विरुद्ध लगाइएको महाअभियोगको निर्णय काँग्रेसको निर्णय हुन सक्दैन : सुजाता



कठमाडौं, १७ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा प्रयोग भएको सांसदहरुको हस्ताक्षरमा आफ्नो नाममा हस्ताक्षर ‘कीर्ते’ भएको नेपाली काँग्रेसकी नेतृ एवम् सांसद सुजाता कोइरालाले स्पष्ट पारेकी छिन ।

प्रधानन्यायाधीश कार्की्विरुद्ध आइतबार सत्तारुढ माओवादी केन्द्र र कांग्रेसका २५९ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा छन् भने समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् ।

महाअभियोग प्रस्ताव दर्ताका लागि प्रयोग भएको केही हस्ताक्षर ‘र्कीर्ते’ भएको हस्ताक्षरकर्ताहरुले बताएका छन् ।

“अरु कुनै प्रयोजनका लागि लिईएको मेरो हस्ताक्षरको आज संसदमा यसरी दुरुपयोग भएकोमा मेरो घोर आपत्ति छ। आज नेपाली कांग्रेस र नेपालको लोकतन्त्र माथि नै ठुलो हमला भएको मलाई लागेको छ” सुजाताले आफ्नो फेसबुकमा समेत लेखेकी छिन् ।

नेपाली काँग्रेसकी नेतृ सुजाताले आफ्नो फेसबुकमा समेत लेखेकी छिन्,“सर्वोच्च अदालतको प्रधानन्यायधिशमाथी लगाइएको महाअभियोगको निर्णय नेपाली काँग्रेसको निर्णय हुन सक्दैन । काँग्रेस स्थापनाकालदेखि नै स्वतन्त्र न्यायपालिकाको पक्षमा वकालत गर्दै आएको पार्टी हो । नेपाली काँग्रेस प्रजातन्त्र र विधिको शासनमा विश्वास गर्ने पार्टी हो । काँग्रेस न्यायपालिका प्रजातन्त्रको मुख्य आधारस्तम्भ भएकाले यसको सम्मान गर्दछ ।”



प्रतिक्रिया दिनुहोस्