Logo

प्रचण्डलाई ठूलो झट्का : राप्रपा भोलि सरकारबाट बाहिरिने



काठमाडौं, १७ बैशाख । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि सरकारबाट बाहिरिने तयारी गरेको छ ।

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेलगत्तै राप्रपा अध्यक्ष कमल थापाले उक्त निर्णय दुर्भाग्यपूर्ण भएको भन्दै आफ्नो ट्विटर एकाउन्टमा असन्तुष्टि पोखेका थिए ।

राप्रपा प्रवक्ता रोशन कार्कीका अनुसार राप्रपाले भोलि विहान संसदीय दलको बैठक आह्वान गरेको छ । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनिन्,“हामी भोलि नै सरकारबाट बाहिरिने निर्णय गर्छौं ।”



प्रतिक्रिया दिनुहोस्