Logo

स्वतन्त्र न्यायालयमाथिको आक्रमण भन्दै एमालेद्धारा मसाल जुलुस (फोटोफिचर)



काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको घटनालाई स्वतन्त्र न्यायालयमाथिको आक्रमण भन्दै एमालेका भातृसंगठनले आन्दोलन घोषणा गरेका छन् ।

महाअभियोग विरुद्ध अनेरास्ववियुले आइतवार साँझ बागबजारमा मसाल जुलुस निकालेको छ ।

न्यायपालिकामाथिको आक्रमण अस्वीकार्य भन्दै अनेरास्ववियु र युवा संघले आन्दोलन घोषणा गरेका हुन् ।

सरकार र सत्तापक्षको बिरुद्ध नाराबाजी गर्दै मसाल जुलुस प्रदर्शन गरेको अनेरास्ववियुले स्थानीय चुनाव हुन नदिन सत्तापक्ष अदालतमाथि जाइलागेको आरोप लगाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्