Logo

लोकमानले सुशिलासँग बदला लिएको खुलासा



काठमाडौं, १७ बैशाख । प्रधानन्यायाधिश सुशिला कार्की्विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भए लगतै नेपालको राजनीतिक यतिवेला तरँगित बनेको छ ।
प्रमुख दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको अगुवाईमा कार्की्विरुद्ध आईतबार अपरान्ह ४ बजे महाअभियोगको प्रस्ताव दर्ता भएको हो ।

महाअभियोगको प्रस्ताव दर्ता भएलगत्तै कार्कीको पक्षमा र सत्तारुढ दल काँग्रेस र माओवादीको नेतृत्वमा गालीगलौजहरुको आईरो नै लागेको छ ।

कसरी तयार भयो महाअभियोगको योजना ?

कार्कीमाथि आज यसरी महाअभियोग लाग्छ भनेर कसैलेपनि कल्पना गरेको थिएन् । किनकी देशको राजनीति आजभोलि स्थानीय तहको निर्वाचन र संविधान संशोधनमा केन्द्रित रहेको छ । सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव आज पारित होला वा नहोला भन्ने विषयले विहानभरिका अनलाईन न्यूज पोर्टहरुल भरिभराउ भएका थिए। तर आजको संसद बैठक एक्कासी बैशाख २१ गतेसम्मको लागि स्थगित् गरियो । त्यसपछि सबैको ध्यान किन बैठक सारियो ? अब निर्वाचन हुन्छ त भन्नेमा नै केन्द्रित थियो ।

तर यही बिचमा अपरान्ह प्रधानन्यायाधिश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको खबर सनसनी बन्यो । कार्कीमाथि सत्तारुढ दलले विभिन्न ९ वटा अभियोगहरु लगाएर महाअभियोग प्रस्ताव दर्ता गरेको छ ।

तर कार्कीमाथि महाअभियोग लगाउनुमा भित्री कारण अर्कोपनि रहेको खुल्न आएको छ । अख्तियार दुरुपयोग अनुशन्धान दुरुपयोग आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की एउटा कारण हुन सक्ने बुझिएको छ । लोकमानले आफूलाई हटाउनको लागि प्रधानन्यायाधिश कार्कीले ठूलो कदम चालेको भन्दै यसको नतिजा राम्रो नआउने चूनौति दिएका थिए । लोकमानलाई अदालतले अयोग्य नै ठहर गरेपछि उनी पदमुक्त भएर विदेश भासिएका थिए । तर उनी कसरी हुन्छ, प्रधानन्यायाधिश कार्कीलाईपनि आफ्नै हबिगत बनाउने रणनीतिका साथ दिनहुँ शक्तिकेन्द्रमा तानाबुना बुनिरहेका थिए भन्ने कुरा स्रोतले दाबी गरेको छ ।

लोकमान आफ्नो साँचो प्रयोग गरे विभिन्न शक्ति केन्द्रहरुसँग दिनहुँ सम्पर्कमा थिए । स्रोतको दाबी छ,“लोकमानले नेपाल छोड्दापनि सुशिलामाथि महाअभियोगकै प्रस्ताव लगाउँछु भनेका थिए।” लोकमानले के कति अदृश्य कु प्रयासहरु गरे, त्यो खोजीको विषय बनेको छ । यदि उनको यस्तो प्रयास भएकै भएपनि उनको योजनाा सार्थक बनाउने काम काँग्रेस सभापति शेरबहादुर देउवा र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे ।

यो पनि पढ्नुहोस :

https://reportersnepal.com/2017/04/138519.html



प्रतिक्रिया दिनुहोस्