Logo

तीन पूर्वआइजिपीलाई जेल सजाय : प्रहरी संगठनको शिर निहुरिएको दिन



प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो । अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो । कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए । त्यो पनि द्धन्दग्रस्त मुलुकमा खटिएका आफ्नै संगठनका सदस्यको सुरक्षाका लागि खरिद गरिएको सामाग्रीमा ।

अहिले नेपाल प्रहरीको २५ औं आइजिपी नियुक्ति विवाद सर्वोच्चमा विचाराधिन छ । यही बेला सर्वोच्चले सोही संगठनका पूर्व तीन प्रमुखले भ्रष्टाचार गरेको ठहर गर्दै जेल पठाउने पक्का गर्यो ।

आइतबारको फैसलापछि नेपाल प्रहरीका १९ औं २० औं र २१ औं आइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी जेल जाने पक्का भएको छ । आजको नागरिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्